१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

“सम्भोगको विपरीत आसन”

“सम्भोगको विपरीत आसन”
अ अ+ अ-


डा.मतिप्रसाद ढकाल

जब पुरुष सम्भोगावस्थामा श्रमले शिथिल हुन्छ तर स्त्रीको कामेच्छा भने अतृप्त नै रहन्छ तब आफ्नो अतृप्त कामवासनालाई शान्त गराउनका लागि पुरुष ऊर्ध्वमुख र स्त्री अधोमुख गरेर सम्भोगका लागि प्रवृत्त हुन्छन्, त्यसलाई सम्भोगको विपरीत आसन भनिन्छ । कामशास्त्रमा यस किसिमको आसनलाई पुरुषायित वा विपरीत रति भन्ने गरिन्छ । यस किसिमको आसनमा पुरुषलाई कुनै किसिमको श्रम गर्नुपर्दैन र शीघ्रस्खलनको समस्याबाट पनि पुरुष केही मात्रामा जोगिन सक्छ । त्यसैगरी यस किसिमको आसनमा स्त्रीलाई आफ्नो कामकला प्रदर्शन गर्ने पर्याप्त अवसर प्राप्त हुनाका साथै आफ्नो अतृप्त कामवासनालाई शान्त गर्ने मौका पनि मिल्छ । यस किसिमको आसनमा रहेर सम्भोगसुख प्राप्त गर्नका लागि स्त्री–पुरुष दुवैको सहमति हुनु आवश्यक मानिन्छ ।

विपरीत आसनका बाह्य र आभ्यन्तर (भित्री) गरी मुख्यतः दुई भेद छन् । सँगै शयन गरेर कुराकानी गर्न तल्लीन भएकी स्त्रीका अधोवस्त्रको गाँठो खोल्नु अग्रसर हुनु, त्यसो गर्न थाल्दा स्त्रीले कुनै आपत्ति प्रकट गरेमा चुम्बन गरेर उसलाई रिझाउनु, उत्तेजित लिङ्गले स्त्रीका अङ्गहरूमा स्पर्श गर्नु, यदि यस्तो मिलन सुहागरातको भएका खण्डमा स्त्रीले आफ्ना वस्त्रहरू हटाउन नदिने र जाँघहरूलाई दबाएर गुप्ताङ्गलाई लुकाउनेछ भन्ने कुरा ख्याल गर्नु, त्यस्तो अवस्थामा बिस्तारै प्रेमपूर्वक कुराकानी गरेर स्त्रीका जाँघलाई अलग गर्नु र स्त्रीले आफ्ना काखी, स्तन, जाँघ, गर्धन आदि कामुक अङ्गहरूलाई पुरुषको स्पर्शबाट बचाउने प्रयास गरेका खण्डमा पुरुषले स्त्रीका आँखीभौँ हुँदै मुखमा चुम्बन गर्नुलाई बाह्यरत वा बाह्य आसन भनिन्छ । पुरुषका यी सारा क्रियाकलापको प्रभावका कारण कामवासनाको मदले अचेत भएर लजाउँदै स्त्रीले आफ्ना आँखा बन्द गर्दछे । यसपछि गरिने क्रियाकलापहरू आभ्यन्तर वा भित्री आसनअन्तर्गत पर्दछन् ।

भर्खरै विवाह गरेकी स्त्रीलाई सर्वप्रथम सम्भोगका लागि कसरी तयार गर्ने ? भन्ने बारेमा स्त्रीको भित्री चेष्टा, सङ्केत र स्वभावलाई देखेर नै निर्णय गर्नुपर्छ किनकि स्त्रीको लाज र उसको रुचिका आधारमा नै उसलाई मनाउनुपर्छ । ‘युक्तयन्त्रेणोपसृप्यमाणा यतो दृष्टिमावर्तयेत् तत एवैनां पीडयेत् एतद्रहस्यं युवतीनामिति सुवर्णनाभः’ (कामसूत्र २।८।६) अर्थात् कामशास्त्री सुवर्णनामका अनुसार स्त्रीलाई सम्भोगका लागि तयार गर्ने क्रममा पुरुषले कुन विशेष अङ्ग दबाउँदा अधिक आनन्द प्राप्त भएको कुरा उसले दृष्टिसङ्केत गर्छे त्यही अङ्गलाई दबाउनुपर्छ । स्त्रीहरूको कामप्रवृत्तिको रहस्य बुझ्ने यही सरल उपाय हो । स्त्रीको भावात्मक दृष्टिसङ्केत बुझ्नका लागि कोठा प्रकाशमय हुनु आवश्यक छ ।

हात, खुट्टा, गर्धन आदि अङ्गलाई शिथिल गर्नु, आँखा बन्द गर्नु, लाजको परित्याग गर्नु, आफ्नो योनिद्वारा पुरुषको लिङ्गलाई दबाउनु आदि भावद्वारा स्त्रीहरू कामोत्तेजित भएको बुझ्न सकिन्छ । ‘हस्तौ विधुनोति, स्विद्यति, दशति, उत्थातुं न ददाति, पादेनाहन्ति रतावमाने च पुरुषातिवर्तिनी’ (पूर्ववत्, २।८।८) अर्थात् सम्भोगको विपरीत आसनमा रहेका बेला जब स्त्री कामोत्तेजनाको अन्तिम सीमामा पुगेकी हुन्छे तब उसका हात काँप्न थाल्छन्, उसलाई पसिना आउँछ, उसले पुरुषलाई दाँतले टोक्न थाल्छे, पुरुषलाई उठ्न दिन्न, आफ्ना खुट्टाले पुरुषलाई प्रहार गर्छे र यदि आपूmभन्दा पहिला पुरुष स्खलित भएको छ भने आफ्ना जाँघले पुरुषलाई दबाइराखेर आफ्नो अतृप्त कामवासनालाई शान्त गर्ने प्रयास गर्छे ।

यदि स्त्रीको अत्यधिक कामेच्छालाई शान्त गर्न पुरुष सधैँ असमर्थ हुँदै आएको छ भने उसले सम्भोग गर्नुभन्दा पूर्व हातमा पन्जा लगाएर स्त्रीको सुख्खा योनिमा औँला राखी हात्तीले आफ्नो सूँड चलाएजस्तै गरी चलाइरहनुपर्छ र योनि रसिलो हुँदै गएपछि औँला निकालेर स्त्रीका साथमा सम्भोग गर्न अग्रसर हुनुपर्छ । यसो गर्दा स्त्रीको अत्यधिक कामेच्छालाई सहजै शान्त गर्न सकिन्छ ।

उपसृप्तक, मन्थन, हुल, अवमर्दन, पीडितक, निर्घात, वराहघात, वृषाघात, चटकविलसित र सम्पुट गरी सम्भोग मुख्यतः १० प्रकारका मानिन्छन् । यीमध्ये व्यवहारमा सर्वप्रचलित सम्भोगको विधिलाई उपसृप्तक सम्भोग भनिन्छ । ‘न्याय्यं ऋजुसम्मिश्रणमुपसृप्तकम्’ (पूर्ववत्, २।८।११) अर्थात् यही उपसृप्तक सम्भोगलाई न्याययुक्त र सरल मानिन्छ । यो स्वाभाविक, उपयोगी र पूर्णवैज्ञानिक पनि छ । पुरुषायित वा विपरीत आसनका दृष्टिले सम्भोग सन्दंश, भ्रमक र प्रेङ्खोलित गरी तीन प्रकारका मानिन्छन् । घोडाले जस्तै धेरै समयसम्म योनिमा लिङ्गलाई दबाइराख्ने, भँवराले झैं योनिलाई घुमाउने र स्त्रीले आफ्ना जाँघलाई पिङजस्तै मच्चाइरहने भएकाले विपरीत आसनलाई तीन प्रकारमा विभाजन गरिएको हो । ‘युक्तयन्त्रेणैव ललाटे ललाटं निधाय विश्राम्येत’ (पूर्ववत्, २।८।२७) अर्थात् जब स्त्री सम्भोगको चरम आनन्द प्राप्त गरेर थाकेको अनुभूति गर्छे तब आफ्नो योनिलाई पुरुषको लिङ्गमै सटाइरहन दिनुपर्छ र आफ्नो शिर पुरुषकै शिरमाथि राखेर केही समय विश्राम गर्नुपर्छ ।

प्रच्छादितस्वभावापि गूढाकारापि कामिनी ।
विवृणोत्येव भावं स्वं रागादुपरिवर्तिनी ।।
यथा शीला भवेन्नारी यथा च रतिलालसा ।
तस्या एव विचेष्टाभिस्तत्सर्वमुलक्षयेत् ।।
(पूर्ववत्, २।८।३०–३१)
अर्थात् साधारण सम्भोगको अवस्थामा स्त्रीले लाजका कारण आफ्ना भावनाहरूलाई लुकाएर राखेका हुन्छन् परन्तु जब विपरीत आसनमा रही कामवासनाको वशमा भएर स्त्रीहरू सम्भोग गर्न प्रवृत्त हुन्छन् तब उनीहरूले आफ्ना सबै गुप्त भावनाहरू र प्रवृत्तिहरूलाई स्वतः प्रकट गरिदिन्छन् । तसर्थ बुद्धिमान् पुरुषले आफ्नी स्त्रीका शीलस्वभाव, गुप्त भावनाहरू र कामुक प्रवृत्तिहरूलाई बुझ्ने चेष्टा गर्नुपर्छ र आगामी दिनमा तदनुकूल व्यवहार गर्ने प्रयत्न गर्नुपर्छ ।

न त्वेवर्तौ न प्रसूतां न मृगीं न च गर्भिणीम् ।
न चातिव्यायतां नारीं योजयेत् पुरुषायिते ।।
(पूर्ववत्, २।८।३२)
अर्थात् रजस्वला, चार महिनासम्मकी सुत्केरी, मृगी, गर्भवती र अत्यन्त मोटो शरीर भएकी स्त्रीका साथ पुरुषले कहिल्यै पनि विपरीत आसनमा रहेर सम्भोग गर्नु हुँदैन । यस्ता स्त्रीहरूसँग विपरीत आसनमा सम्भोग गर्नु स्त्री र पुरुष दुवैको स्वास्थ्यका लागि हानिकारक हुन्छ । विपरीत आसनको सम्भोग पनि साधारण आसनबाट स्त्रीको कामेच्छा तृप्त हुन नसकेका खण्डमा मात्र कहिलेकाहीँ उपयोग गर्न सकिन्छ । 
(गैंडाकोट–१, विकासचोक, प्राज्ञिक मार्ग, नवलपुर)