६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली लेग स्पिनर सन्दीपको सकियो आइपिएल यात्रा !



अ+ अ-

काठमाडौँ । दिल्लीबाट खेलीरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेको आइपिएल यात्रा सकिएको छ ।

शुक्रबार राती चेन्नई सुपरकिंग्ससँग ६ विकेटले पराजित भएसँगै दिल्लीको यस सिजनको आइपिएल यात्राबाट बाहिरिएपछि सन्दीपको आइपिएल यात्रापनि सकिएको छ ।

दोस्रो सिजन आइपिएलमा दिल्ली क्यापिटल्सबाट खेलेका सन्दीपको यस सिजन मिश्रित रहेको छ । दिल्लीले खेलेका कुल १६ खेलमा सन्दीपले केवल ६ खेलमा खेल्ने मौका पाए ।

सन्दीपले खेलेका ६ खेलमा कुल ८ विकेट लिएका छन् । सन्दीपले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा बाहेक अन्य पाँचै खेलमा विकेट लिएका थिए । यस सिजनमा खेलेका खेलमा किंग्स इलेभेन पंजावविरुद्ध खेल्दै सर्वाधिक ३ विकेट लिएका थिए ।
दिल्लीको विदेशी खेलाडीको कोटाबाट नियमित रुपमा प्लेइङ एघारमा पर्न नसक्दा सन्दीपको यस सिजनको प्रदर्शन प्रभावित भएको देखिएको छ ।

समग्रमा हेर्दा सन्दीपले यस सिजनमा कुल ६ खेलमा २३ ओभर बलिङ गर्दै २१० रन दिएर ८ विकेट लिएका छन् । सन्दीपको औसत विकेट २६.२५ रन छ भने इकोनोमी ९।१३ रन प्रति ओभर रहेको छ ।

अघिल्लो सिजनमा केबल ३ खेल खेलेका सन्दीपले ६.८३ को इकोनोमी रेटले ५ विकेट लिएका थिए ।