१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महंगो कारसँगै रोनाल्डोको होटल मोह



अ+ अ-

काठमाडौं । क्रिस्टियानो रोनाल्डो फुटबल खेलमा मात्र व्यस्त छैनन् । फरक काम गरेर चर्चामा आउने गरेका छन् । यसको पछिल्लो उदाहरण हो, महंगो किनेसँगै पाँच तारे होटल खोल्ने तयारी ।

अघिल्लो साता संसारकै महंगो कार किनेर चर्चामा रहेका रोनाल्डो अहिले फ्रान्सको पेरिसमा पाँच तारे होटल खोल्ने तयारीमा छन् । पोर्चुगिज स्टार रोनाल्डोले आफ्नै नामबाट सिआर–७ ब्रान्डको होटल खोल्न लागेका हुन् । रोनाल्डोको यो छैटौ होटल हो ।

यसअघि पनि रोनाल्डोले सुविधा सम्पन्न पाँच तारे र चार तारे ब्रान्डका होटल खेलेका थिए । रोनाल्डोले पोर्चुगिज होटल समूह पेस्टानासँगको साझेदारीमा सिआर–७ ब्रान्डको नयाँ होटल खोल्न लागेका हुन् । यस होटल पेरिस सहरको गौचे नदी नजिकै बन्ने छ । सबैभन्दा ठूलो बन्ने दावी गरिएको यस होटलमा दुई सय १० कोठाको हुनेछन् ।

उक्त होटल सन् २०२१ मा तयार भई सञ्चालनमा ल्याइने बताइएको छ । अघिल्लो साता मात्र रोनाल्डो संसारकै सबैभन्दा महंगो कार किनेर चर्चामा आएका थिए । उनले बुगाती कम्पनीको ुबुगाती ला वोइतुर नोइरेु कार किनेका थिए । उक्त कारको मूल्य ८६ करोड भारतीय रुपैयाँ रहेको थियो । बन्दै गरेको रोनाल्डोको कार पनि सन् २०२१ मा मात्रै तयार हुनेछ । संयोगवस एकै वर्ष रोनाल्डोले आफ्नो ठूलो होटल र महंगो कारको प्रयोग गर्नेछन् ।