७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग वान : नेयमार र डी मारियाको गोलसँगै पीएसजीको जित



अ+ अ-

काठमाडौं । स्टार खेलाडी नेयमार र एन्जल डी मारियाले गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा जित निकालेको छ ।

लिग च्याम्पियन पीएसजीले एङ्गर्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा नेयमारले खेलको २० औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । त्यस्तै खेलको ५८ औँ मिनेटमा एन्जल डी मारियाले गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

टिमका डिफेन्डर मार्किन्होसले ८५ औँ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि पीएसजी १० खेलाडीमा सीमित भएको थियो ।

खेलको ८३ औँ मिनेटमा फ्लेभियान टेइटले गोल गर्दै एङ्गर्सलाई खेलमा फर्काउने प्रयास गरेपनि सफल भने हुन सकेन । यो जितसँगै लिग विजेता पीएसजीको ३६ खेलबाट ८८ अंक छ । एङ्गर्स ४५ अंक सहित तालिकाको १२ औँ स्थानमा छ ।