२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : चेन्नईलाई एक रनले पाखा लगाउदै मुम्बई बन्यो च्याम्पियन



अ+ अ-

एजेन्सी । राजिभ गान्धी इन्टरनेशल क्रिकेट स्टेडियममा चेन्नई सुपर किंग्स १ रनले पराजित भएपछि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को च्याम्पियन्स बनेको छ । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा लासिथ मालिङ्गाले सार्दुल ठाकुरलाई एलबीडब्लु आउट गरेपछि मुम्बईले उपाधि हात पारेको हो ।

१ सय ५० रनको लक्ष्य पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रनमात्रै बनाउँन सक्यो । चेन्नईलाई जितको लागि अन्तिम ओभरमा ९ रन चाहिएको थियो । अन्तिम बलमा सार्दुल ठाकुर एलबीडब्लू आउट भएपछि मुम्बई १ रनले विजयी हुन सफल भएको हो ।

ओपनर वाटशनले ५९ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ८० रनमा रनबनाएका थिए । १८ औं ओभरमा क्रुनाल पान्ड्यालाई दोस्रो, तेस्रो र चौथो बलमा लगातार छक्का प्रहार गर्दै कुल २० रन बटुलेपछि चेन्नईको जित सहज बनेको थियो । चेन्नईका अर्का ओपनर फाफ डु प्लेसिस २६ रनमा स्टम्पिङ आउट भएका थिए । उनले १३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

सुरेश रैनालाई ८, आम्बाती रायडू १,ड्वेन ब्राभो १५, महेन्द्र सिंह धोनी २ रनमा आउट भएपछि चेन्नईको अवस्था नाजुक बनेको थियो । ८२ रनमा ४ विकेट गुमाएको अवस्थामा चेन्नई आफै स्तब्ध बनेको थियो ।

तर १६ औं ओभरमा लाथिस मलिङ्गाले १ छक्का र शेन वाटशनका ३ चौका प्रहार गर्दै २० रन बटुलेपछि चेन्नईलाई आसा आएको थियो । मुम्बईका जसप्रित बुमराहले २, क्रुनाल पान्ड्या, राहुल चाहर र लाथिस मलिङ्गाले समान १ विकेट हात पारे ।

टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । मुम्बईका लागि काइरन पोलार्डले २५ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ४१ रनमा अविजित रहँदा अन्यले उल्लेख्य रन बनाउन सकेनन् ।

१७ बलमा ४ छक्का सहित २९ रन बनाएका क्विन्टन डि कक विकेटकीपर महेन्द्रसिंह धोनीबाट क्याच आउट भए । लगतै छैटौं ओभरको दोस्रो बलमा कप्तान रोहित शर्मा पनि धोनीबाटै क्याच आउट भए ।

सुर्य कुमार यादव १५, ईशान किसानलाई २३, हार्दिक पान्ड्यालाई १६, कुनाल पान्ड्या ७ रनमा पेभिलिएन फर्किए। विशाल योगफल नबनाउँन सक्दा पनि मुम्बईले १ रनको जित निकाल्दै उपाधि हात पारेको हो ।चेन्नईका लागि दिपक चाहरले ३ र इमरान ताहिर र सार्दुल ठाकुरले २-२ विकेट लिए ।