१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : चेन्नईलाई एक रनले पाखा लगाउदै मुम्बई बन्यो च्याम्पियन



अ+ अ-

एजेन्सी । राजिभ गान्धी इन्टरनेशल क्रिकेट स्टेडियममा चेन्नई सुपर किंग्स १ रनले पराजित भएपछि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को च्याम्पियन्स बनेको छ । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा लासिथ मालिङ्गाले सार्दुल ठाकुरलाई एलबीडब्लु आउट गरेपछि मुम्बईले उपाधि हात पारेको हो ।

१ सय ५० रनको लक्ष्य पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रनमात्रै बनाउँन सक्यो । चेन्नईलाई जितको लागि अन्तिम ओभरमा ९ रन चाहिएको थियो । अन्तिम बलमा सार्दुल ठाकुर एलबीडब्लू आउट भएपछि मुम्बई १ रनले विजयी हुन सफल भएको हो ।

ओपनर वाटशनले ५९ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ८० रनमा रनबनाएका थिए । १८ औं ओभरमा क्रुनाल पान्ड्यालाई दोस्रो, तेस्रो र चौथो बलमा लगातार छक्का प्रहार गर्दै कुल २० रन बटुलेपछि चेन्नईको जित सहज बनेको थियो । चेन्नईका अर्का ओपनर फाफ डु प्लेसिस २६ रनमा स्टम्पिङ आउट भएका थिए । उनले १३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

सुरेश रैनालाई ८, आम्बाती रायडू १,ड्वेन ब्राभो १५, महेन्द्र सिंह धोनी २ रनमा आउट भएपछि चेन्नईको अवस्था नाजुक बनेको थियो । ८२ रनमा ४ विकेट गुमाएको अवस्थामा चेन्नई आफै स्तब्ध बनेको थियो ।

तर १६ औं ओभरमा लाथिस मलिङ्गाले १ छक्का र शेन वाटशनका ३ चौका प्रहार गर्दै २० रन बटुलेपछि चेन्नईलाई आसा आएको थियो । मुम्बईका जसप्रित बुमराहले २, क्रुनाल पान्ड्या, राहुल चाहर र लाथिस मलिङ्गाले समान १ विकेट हात पारे ।

टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । मुम्बईका लागि काइरन पोलार्डले २५ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ४१ रनमा अविजित रहँदा अन्यले उल्लेख्य रन बनाउन सकेनन् ।

१७ बलमा ४ छक्का सहित २९ रन बनाएका क्विन्टन डि कक विकेटकीपर महेन्द्रसिंह धोनीबाट क्याच आउट भए । लगतै छैटौं ओभरको दोस्रो बलमा कप्तान रोहित शर्मा पनि धोनीबाटै क्याच आउट भए ।

सुर्य कुमार यादव १५, ईशान किसानलाई २३, हार्दिक पान्ड्यालाई १६, कुनाल पान्ड्या ७ रनमा पेभिलिएन फर्किए। विशाल योगफल नबनाउँन सक्दा पनि मुम्बईले १ रनको जित निकाल्दै उपाधि हात पारेको हो ।चेन्नईका लागि दिपक चाहरले ३ र इमरान ताहिर र सार्दुल ठाकुरले २-२ विकेट लिए ।