२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

डी जोङपछि डी लिट ताक्दै बार्सिलोना



अ+ अ-

काठमाडौं । स्पेनिस महारथी बार्सिलोनाले डच क्लब आयाक्सका कप्तान म्याथिज डी लिटलाई अनुबन्ध गर्ने अन्तिम तयारी गरेको छ । च्याम्पियन्स लिगमा सानदार प्रदर्शन गरेका १९ वर्षीय रक्षक डी लिट बार्सिलोनाको नजरमा परेका थिए ।

बार्सिलोनाले भर्खर मात्र आयाक्सका अर्का युवा मिडफिल्डर फ्रान्की डी जोङलाई ७५ मिलियन युरोमा अनुबन्धन गरिसकेको छ । बार्सिलोना अहिले स्टार र युवा खेलाडीलाई टोलीमा समावेश गर्न लागि परेको छ । जसका कारण युवा खेलाडीले भरिएको आयाक्स बार्सिलोनाको नजरमा परेको हो ।

बार्सिलोनाले डी लिट अनुबन्धनको घोषणा छिट्टै गर्ने बताइएको छ । डी लिटमाथि प्रिमियर लिग क्लब लिभरपुल, म्यानचेस्टर युनाइटेड र इटालियन महारथि युभेन्टसले पनि आँखा लगाइ रहेका छन् । तर बार्सिलोनाले डी लिटसँग सम्झौता नजिक पुगेको समाचार बाहिरिएको छ । आयाक्सले च्याम्पियन्स लिगमा रियल म्याड्रिड र युभेन्ट्स जस्ता क्लबलाई हराएर सेमिफाइनलमा पुगेको थियो ।

बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएपछि टोलीका पूराना खेलाडी बेचेर नयाँ र युवा खेलाडीको जमघट गराउन चाहिरहेको छ । त्यसैले बार्सिलोना आगामी दिनमा युवा र शसक्त टोलीको रुपमा प्रभाव जमाइ रहन चाहन्छ ।