२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पकिस्तानविरुद्ध इङ्ल्यान्डको सानदार जित



अ+ अ-

काठमाडौं । पकिस्तानविरुद्धको तेस्रो वान डे खेलमा इङ्ल्यान्डले सानदार जित हात पारेको छ । मंगलबार राति भएको खेलमा इङ्ल्यान्डले पाकिस्तानलाई ६ विकेटले हरायो । यस जितसँगै पाँच ओडीआई सिरिजमा इङ्ल्यान्डले २-० को अग्रता लिएको छ । पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो । दोस्रो खेलमा इङ्ल्यान्ड १२ रनले विजयी भएको थियो । चौथो खेल आगमी शुक्रबार हुनेछ ।

तीन सय ५९ रनको विशाल लक्ष्य पछ्याएको इङ्ल्यान्डले ४४.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । इङ्ल्यान्डको जितमा ओपनर जोनी बेयरस्टोले एक सय २८ रनको शतकीय पर्दशन गरे । ९३ बलमा उक्त रन जोडेका जोनीले १५ चौका र पाँच छक्का हानेका थिए ।

अर्का ओपनर जोसन रोएले ७६ रन बनाए । मोइन अली ४६, जो रुटले ४३, बेन स्टोक्स ३७ र कप्तान ओइन मोर्गनले अविजित १७ रन बनाए । पाकिस्तानका जुनदै खान, फहिम असरार्फ र इमाद वासिमले एक एक विकेट लिए ।

यसअघि ब्रिस्टलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा तीन सय ५८ रन बनाएको थियो । पाकिस्तानका लागि ओपनर इमाम उल हकले एक सय ५१ रनको सानदार प्रदर्शन गरे । उल हकले आफ्नो ओडीआई करियरकै उत्कृष्ट रन र छैटौं शतक पूरा गरेपनि टोलीलाई जिताउन सकेनन् । उनले एक सय ३१ बलमा १६ चौका र एक छक्का प्रहार गरेका थिए ।

आशिफ अलीले ५२, ह्यारिस सोहेले ४१, सरफराज अहमिदले २७, ईमाद वासिमले २२, हसन अलीले अविजित १८ र बाबर आजमले १५ रन बनाए । इङ्ल्यान्डका क्रिस वोक्सले चार विकेट लिए । टम करनले दुई तथा डेविड विल्ली र लियाम प्लन्केटले एक एक विकेट लिएका थिए ।