२२ भाद्र २०८३, सोमबार
,
Latest
स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जात्रै जात्राले कमायो २ दिनमा २ करोड, कारोबारमा रेकर्ड राख्ने पण्डितहरुको दावी



अ+ अ-

शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको सिनेमा जात्रै जात्राले देशैभर आक्रामक कारोबार गरिरहेको छ । सिंगलको तुलनामा मल्टिप्लेक्समा सिनेमाको कारोबार अक्रामक छ ।

सिनेमाले दुई दिनमै झण्डै २ करोडको कारोबार गरिसकेको छ । सिनेमाको माउथ पब्लिसिटी र समीक्षालाई हेर्ने हो भने कारोबारमा रेकर्ड राख्ने देखिन्छ ।

शुक्रबारदेखि नै आक्रामक कारोबार गरिरहेको सिनेमाको शनिबार काठमाण्डौका सिभिल, जय नेपाल, कुमारी, बिग मुभिज, छाया सेन्टर, ललितपुरको लबिम मललगायतका हलहरुमा दर्शकको चाप ९५ देखि १०० प्रतिशत रह्यो ।

सिनेमा हेरिसकेका अधिकांश दर्शकले सिनेमा उत्कृष्ट बनेको भन्दै ५ मा ४.५ रेटिङ दिएका छन् ।

धेरैले यो सिनेमा जात्रैजात्रा भन्दा उत्कृष्ट बनेको प्रतिकृया दिएका छन् ।चलचित्र ‘जात्रै जात्रा’मा सुन पचाउन गर्नुपरेको संर्घषलाई देखाइएको छ ।

षट्कोण आर्टको व्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानिया हुन् ।जात्रै जात्रामा सिंगे लामा र यज्ञश्वर पौडेलको लगानी रहेको छ ।

सिनेमामा विपिन कार्की, रविन्द्र सिंह बानिया, रविन्द्र झा, दयाहाङ राई, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अंशु महर्जन, कृष्णभक्त महर्जन, कविन्द्र त्रिपाठी, प्रेम पाण्डे, साजनथापा मगर, प्रियंका झा लगायतका कलाकारको अभिनय रहेको छ ।