२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने

स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री

स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री
अ अ+ अ-

ललितपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको भोटेकोशीमा गएको बाढी लगातै स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बताउनुभएको छ ।

बिपद्पछि प्रभावित क्षेत्रमा बागमती प्रदेश सरकारले गरेको काम, समस्या, चुनौतीबारे जानकारी दिन आज प्रदेश सुशासन केन्द्र ललितपुरमा आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री थापा मगरले भोटेकोशी बाढीबाट प्रभावित जिल्लामा उद्धार, राहत, सडक सञ्चालन, स्वास्थ्य व्यवस्थापन र जनजीविकालाई सहज बनाउने कामलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढाएको जानकारी दिनुभयो ।

“भदौ १० गते बिहान ११ बजे नै बैठक बसेर उद्धार तथा राहतका काम अघि बढायौँ,  त्यसपछि हेटौँडामा नै बसेको बैठकले प्रदेश सरकारका सबै मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रमुखलाई बोलाएर विपद् प्रभावित क्षेत्रमा तत्काल परिचालन हुन निर्देशन दिइएको थियो, सङ्घीय सरकारले राहत सामग्री सङ्कलन र समन्वय गर्ने, प्रदेश सरकारले समन्वय तथा सहजीकरण गर्ने तथा स्थानीय सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने गरी काम गर्ने हो,” उहाँले भन्नुभयो ।

मुख्यमन्त्री थापा मगरले विपद्का कारण बागमती प्रदेशका चार जिल्लाका १५ वटा स्थानीय तह प्रभावित भएका र यस क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको बताउनुभयो ।

उहाँले विपद्मा सुरक्षा निकायले निरन्तर समन्वय र उद्धारमा काम गरिरहे पनि प्रभावकारी समन्वय हुन नसक्दा आशातीत रुपमा प्रभावकारी काम हुन नसकेको बताउनुभयो । उहाँले प्रदेश विपद् व्यवस्थापन कोषबाट तत्काल राहतका लागि प्रभावित जिल्लालाई रकम उपलब्ध गराइएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री थापन मगरले अलपत्र नागरिकका लागि चारवटा होल्डिङ सेन्टर सञ्चालन गरी खाना तथा आवश्यक सामग्रीको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

“रसुवा र नुवाकोटलाई रु एक एक करोड तथा धादिङ र चितवनलाई रु ५०–५० लाख राहत उपलब्ध गराउने निर्णयअनुसार व्यवस्थापन गरेका छौँ, शव व्यवस्थापन, डीएनए परीक्षण, स्वास्थ्य सेवा तथा १६ मनोपरामर्शदाता परिचालन गरिएको छ,” उहाँले भन्नुभयो ।

मुख्यमन्त्री थापा मगरले अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म शिक्षा तथा आवश्यकताअनुसार आवासीय विद्यालयको व्यवस्था गरिने जानकारी गराउँदै प्रदेश सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म काम गर्ने बताउनुभयो । रासस