२२ भाद्र २०८३, सोमबार
,
Latest
राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन



अ+ अ-

काठमाडौँ। नेपाल इन्जिनियर्स एशोसिएशनले भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएका इन्जिनियरहरू तथा अन्य आम नागरिकको स्मृतिमा दीप प्रज्वलन गरेको छ ।

सोमवार साँझ काठमाडौंको माईतीघर मण्डलामा एक कार्यक्रमको आयोजना गरी उक्त प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको हो ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो परिमाणमा मानवीय क्षति भएको थियो । उपलब्ध तथ्याङ्कअनुसार बाढीमा परेर हालसम्म १ हजार ३ सय ५५ जनाले ज्यान गुमाएका छन् भने ५ हजार व्यक्तिहरू अझै बेपत्ता रहेका छन्।

सोही विनाशकारी विपत्तिमा परी ज्यान गुमाउने तथा बेपत्ता भएकाहरूको सम्मान र सम्झनामा एशोसिएशनले यो स्मृति कार्यक्रम आयोजना गरेको हो ।

बाढीमा परी ज्यान गुमाएका प्राविधिक जनशक्ति (इन्जिनियर) लगायत सम्पूर्ण सर्वसाधारणप्रति ऐक्यवद्धता जनाउँदै आयोजना गरिएको उक्त कार्यक्रममा एशोसिएशनका पदाधिकारी, इन्जिनियर तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

दीप प्रज्वलनका माध्यमबाट मृतकको आत्माको शान्तिको कामना गर्दै बेपत्ताहरूको अवस्थाप्रति सहानुभूति प्रकट गरिएको एशोसिएशनले जनाएको छ । –न्युज एजेन्सी नेपाल