२२ भाद्र २०८३, सोमबार
,
Latest
रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन



अ+ अ-

रसुवा। रसुवा लगायतका विभिन्न जिल्लामा आएको त्रिशूली बाढीका कारण हालसम्म १ हजार ३ सय ५६ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ ६ बजे सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढी र पहिरोमा परी ठुलो संख्यामा मानवीय क्षति हुनुका साथै करिव ५ हजार व्यक्ति अझै सम्पर्कविहीन छन् ।

प्राधिकरणकाअनुसार बाढीबाट सबैभन्दा बढी चितवनमा ३६३ जनाको मृत्यु भएको छ । त्यस्तै, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२१, नुवाकोटमा १९७, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये हालसम्म ९८ जनाको मात्र पहिचान खुलेको छ ।

पहिचान हुन बाँकी शवहरूको डिएनए परीक्षणका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोटो र नाता प्रमाणितसहित सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ ।

विपद्मा परी हालसम्म ६,६७६ जना घाइते भएका छन् । जसमध्ये ३२७ जनाको विभिन्न १० वटा अस्पतालमा उपचार भइरहेको छ भने २४२ जना उपचारपछि घर फर्किएका छन् । घाइतेहरूको उपचारमा नेपाली सेनाले ३,३७९ र सशस्त्र प्रहरीले २,९७० जनालाई सेवा प्रदान गरेका छन् । बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३,३९६ जनाको सफल उद्धार गरिएको छ । रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा ३,५३३ जनालाई सुरक्षित राखिएको छ ।

अझै पनि ४,९९४ जना व्यक्तिहरू सम्पर्कविहीन रहेका छन् । यसमा नुवाकोटका २,३४०, रसुवाका १,९६७, सुरक्षाकर्मी तथा कर्मचारी १०० जना र ५८७ जना विदेशी पर्यटक रहेका छन्

बेपत्ताहरूको खोजी तथा उद्धारका लागि २१,४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा नेपाली सेनाका ९,२८७, नेपाल प्रहरीका ७,९१२ र सशस्त्र प्रहरीका ४,२०३ जना रहेका छन् । उद्धार कार्यका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरूले १,४७९ पटक उडान भरेका छन् ।

सरकारले प्रभावित क्षेत्रमा राहत वितरणलाई तीव्रता दिएको छ । भदौ २२ गते मात्रै २ वटा हेलिकप्टर र ८ वटा मिनी ट्रक मार्फत खाद्यान्न तथा गैर–खाद्यान्न सामग्री ढुवानी गरिएको छ ।

सरकारले रसुवा र नुवाकोट जिल्लालाई १–१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ वटा पालिकालाई कुल १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शका लागि १५० जनाभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको छ । –न्युज एजेन्सी नेपाल