२२ भाद्र २०८३, सोमबार
,
Latest
हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन



अ+ अ-

काठमाडौँ। यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीसहित मुलुकभर बाढी, पहिरो तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषको आयोजनमा दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्न अहिले साँझ पशुपतिनाथ मन्दिर अगाडि दीप प्रज्वलन सुरु गरिएको सदस्य सचिव तीर्थ श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

बाढीमा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभ र वेपत्ता भएकाको अवस्था छिटो पत्ता लागोस् भन्ने कामना पनि दीप प्रज्वलनमा गरिएको उहाँले बताउनुभयो ।

दीप प्रज्वलनमा हजारौँ भक्तजनको सहभागिता रहेको छ । पशुपतिनाथस्थित वाग्मती तटमा आज बिहान विभिन्न धर्मग्रन्थ पाठ पारायण पनि गरिएको थियो । रासस