२२ भाद्र २०८३, सोमबार
,
Latest
दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी नेपाल भलिबल लिगः अन्नपूर्णको लगातार दोस्रो जित भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त



अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सरकार, सरोकार भएका निकाय तथा सबै नागरिकको प्रयासले देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्याक्त गर्नुभयो ।

आज सप्तरङ्गी इन्द्रेणी बौद्ध समाजले बाढीपीडितका लागि उपलब्ध गराएको आर्थिक सहयोग लिँदै उहँँले आपसी सहकार्य, समन्वय र हातेमालोले सङ्कट सामना गर्न सहयोग पुग्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठले देश सङ्कटमा परेका बेला सहयोगका लागि हातेमालो गरेकामा धन्यवाद पनि दिनुभयो । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर प्रभावित भएका नागरिकहरूको उद्धार, राहत र पुनस्र्थापनाका लागि सप्तरङ्गी इन्द्रेणी बौद्ध समाज स्वयम्भूले आर्थिक सहयोग गरेको छ ।  समाजका पदाधिकारीले आज प्रधानमन्त्री राहत कोषमा रु दुई लाख एक हजार १०१ आर्थिक सहयोग गर्नुभएको हो ।

समाजका अध्यक्ष मनिक लामाले ऊर्जा मन्त्रालयमा मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गर्नुभएको थियो । उक्त अवसरमा बौद्ध लामाहरुले अहिलेको महाविपत्तिपछि सिर्जित सङ्कटबाट देशलाई पार लगाउन मन्त्रोच्चारणसहित आशीर्वाद दिनुभएको थियो । रासस