२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भलिबल लिगः अन्नपूर्णको लगातार दोस्रो जित



अ+ अ-

काठमाडौँ। पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) २०२६ मा अन्नपूर्ण स्पाइकर किङ्सले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित हासिल गर्ने क्रममा उसले आज मधेस वारियर्सलाई ३-१ को सेटको अन्तरले हराएको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न खेलमा अन्नपूर्णले पहिलो सेट १६-२५ ले जित्दै अग्रता लिएको थियो । दोस्रो सेटमा भने मधेस वारियर्स ३१-२९ ले विजयी भयो । तेस्रो र चौथो सेटमा मधेस क्रमशः २२-२५ र २१-२५ ले पराजित भयो ।

मधेसले पहिलो खेलमा सगरमाथा स्म्यासर्सविरुद्ध ३-१ को पराजय व्यहोरेको थियो भने दोस्रो खेलमा काठमाडौँ रेड्सविरुद्ध ३-२ ले पराजित भएको थियो । पहिलो खेलमा कर्णाली शिवराजविरुद्ध ३-१ ले पराजय व्यहोरेको अन्नपूर्णले दोस्रो र तेस्रो खेलमा भने लगातार जित हासिल गरेको छ । उसले आइतबार काठमाडौँ रेड्सलाई ३-० को सोझो सेटमा हराएको थियो ।

छ टोलीले प्रतिस्पर्धा गरिरहेको एनभिएल २०२६ सिङ्गल राउन्ड रोबिन लिग पद्धतिअनुसार सञ्चालन भइरहेको छ । भदौ २७ गतेसम्म सञ्चालन हुने लिगको विजेता टोलीले रु २० लाख पाउने आयोजक केडिया ग्रुपले जनाएको छ । रासस