२२ भाद्र २०८३, सोमबार
,
Latest
दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी नेपाल भलिबल लिगः अन्नपूर्णको लगातार दोस्रो जित भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन



दीप प्रज्वलन काठमाडौँ, २२ भदौः भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै काठमाडौँको अनामनगरमा सोमबार साँझ नागरिक अगुवाहरूको संयोजनमा आयोजित दीपप्रज्वलन कार्यक्रममा सहभागी। तस्बिरः लोकेश धामी/रासस
अ+ अ-

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकको सम्झनामा नेपाल पर्यटन बोर्डले दीप प्रज्वलन गरेको छ ।

बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै बेपत्ता व्यक्तिको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै नेपाल पर्यटन बोर्डमा आज साँझ दीप प्रज्वलन गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको उपस्थितिमा आयोजित दीप प्रज्वलन कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, विपद् व्यवस्थापन संयोजक हिक्मतसिंह ऐर, नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, बोर्डका सदस्य सहदेव धमला, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र पर्यटन व्यवसायीको सहभागिता थियो ।

कार्यक्रममा सहभागीले बाढीमा ज्यान गुमाएका सबैप्रति मौनधारण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुका साथै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्नुभएको थियो । कार्यक्रममा बेपत्ता भइरहेका नेपाली तथा विदेशी नागरिकको शीघ्र उद्धार र खोजी कार्य सफल होस् भन्ने कामनासहित दीप प्रज्वलन गरिएको थियो । बाढीले नदी तथा त्यससँग जोडिएका क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको थियो ।

बाढीले रसुवा, नुवाकोटलगायतका जिल्लामा बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा पनि क्षति पुर्‍याएको थियो । पर्यटन विभागका अनुसार उक्त घटनामा परेर हाल ३४ देशका ५८७ विदेशी नागरिक बेपत्ता भएका छन् ।

बाढीपछि पर्यटकको अवस्था पहिचान, उद्धार तथा परिवारसँग सम्पर्क कायम गराउने काममा पर्यटन क्षेत्रका सरकारी निकाय र निजी क्षेत्रले संयुक्त रूपमा काम गरिरहेका छन् । रासस