१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना बराबरीमा रोकियो, मेस्सीको २ मिनेटमा २ गोल



अ+ अ-

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत अन्तिम खेलमा बार्सिलोना एइबारसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको एइबारको घरेलु मैदानमा भएको खेलमा २-२ को बराबरीमा रोकिएको हो ।

दुवै टोलीले खेलको पहिलो हाफमा नै गोल गरेका थिए । बार्सिलोनाको लागि कप्तान मेस्सीले दुई गोल नै गरे भने एइबारको लागि मार्क कुकुरेल्ला र पाब्लो डे ब्लासिसले गोल गरे ।

खेलको २० औं मिनेटमा कुकुरेल्लाले सर्जी एन्रीचको पासमा गोल गर्दै एइबारलाई अग्रता दिलाएका थिए । तर मेसीले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । मेसीले ३१ औं र ३३ औं मिनेटमा गोल गरे । ३१ औं मिनेटमा आर्टुरो भिडालको पासमा र ३३ औं मिनेटमा इभान राकीटिचको पासमा गोल गरे ।

पहिलो हाफको अन्तिम मिनेटमा पाब्लो डे ब्लासिसले गोल गरेपछि एइबार खेलमा फर्किएको थियो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा खेल २-२ कै बराबरीमा सकियो ।

यस नतिजासँगै मेसी लिगको सर्वाधिक गोलकर्ता पनि बनेका छन् । उनले लिगका ३४ खेल खेल्दै ३६ गोल गरे । युरोपेली गोल्डेन बुटमा पनि उनले किलियन एमबाप्पेसँग ४ गोलको अग्रता बनाएका छन् ।

बार्सिलोनाले शीर्षस्थानमा ३८ खेल खेल्दै ८७ अंक जोड्दै लिगको अन्त्य गरेको छ भने दोस्रो स्थानको एटलेटिको ११ अंक पछाडी रहेको छ।