१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन

मनाङेको पोइ पर्‍यो कालेको शुभमुहूर्त

मनाङेको पोइ पर्‍यो कालेको शुभमुहूर्त
अ अ+ अ-

काठमाडौं । ‘मान्छेको अनुहारको रङमा नजाऊँ। उसको मन हेर। असल बानी व्यहोरा हेर।’ निर्देशक शिशिर राणाले बाहिरी आवरण हेरेर मान्छेको मूल्यांकन गर्न नहुने भन्दै फिल्म बनाउने भएका छन्। र, उनको नयाँ फिल्मको नाम हुनेछ ‘पोइ पर्‍यो काले।’

सोमबार शुभमुहूर्त गर्दै उनले फिल्मको जानकारी गराए। ‘ए दिदी पोइ पर्‍यो काले, हुन्देऊ बैनी इज्जतै नफाल’ बोलको पुरानो गीतबाट नै फिल्मको नाम राखिएको हो। शुभमुहूर्तमा यही गीत बजाउँदै फिल्मका मुख्य कलाकार सौगात मल्ल, सृष्टि श्रेष्ठ, आकाश श्रेष्ठ, पूजा शर्मा अभिनय गर्न आएका थिए। पूजाले सौगातलाई देखाउँदै पोइ पर्‍यो कालेभन्दा फिल्मा उनको जोडी आकाश हुनेछन् या सौगात भन्ने कुरा स्पष्ट पारिएको छैन।

शुभमुहूर्तका लागि निर्देशनको जिम्मा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले लिएका थिए भने क्यामरामा सम्झना रौनियार थिइन्। गोपाल कायस्थले क्लयाप सम्हाले भने सन्दीप सापकोटाले नरिबल फोडे।

फिल्ममा युवा कलाकारको जम्बो टोली हनेछ। फिल्ममा सोहित मानन्धर र सुरक्षा पन्तको पनि भूमिका रहने बताइएको छ। फिल्ममा राजाराम पौडेलको पनि प्रमुख भूमिका रहनेछ।

फिल्मबारे बोल्दै सौगातले पहिलो पटक पूजा र आकाशसँग काम गर्न पाउँदा राम्रो अनुभव बटुल्ने बताए। सृष्टिले भने फिल्ममा अनुबन्धित हुन पाउनु नै ठूलो उपलब्धि ठानेको बताइन्। फिल्ममा अनुबन्धित हुनुको कारण खुलाउँदै उनले भनिन्, ‘बाहिरी आवरणलाई विभेद गर्न नहुने सामाजिक मुद्दा यसमा उठाइएको छ।’

भर्खरै मुस्ताङबाट सम्हालिन्छ कहिले मनको सुटिङ सकाएर काठमाडौं आएकी पूजाले पोइ पर्‍यो कालेमा काम गर्नु चुनौतीपूर्ण हुने बताइन्। ‘अहिलेसम्म आफ्नै उमेरका साथीभाइसँग काम गरिरहेको थिएँ, उनले भनिन्, ‘यो फिल्ममा दिग्गज कलाकार, निर्देशक शिशिर राणासँग काम गर्ने मौका मिलेको छ।’ उनले पहिलो पटक फिल्मको नाम सुन्दा कमेडी मात्र होला भन्ने सोचेकी थिइन् तर फिल्म चेतनामूलक भएको उनले खुलाइन्। फिल्ममा मोटो रकम लिएर अनुबन्धित भएकी पूजाले स्क्रिप्ट राम्रो लागेर फिल्ममा आबद्ध भएको बताइन्।

फिल्मका अर्का मुख्य कलाकार आकाशले फिल्मको अफर आउँदाको रमाइलो किस्सा सुनाएर सबैलाई हँसाए। उनले भने, ‘फिल्मको नाम पोइ पर्‍यो काले सुन्दा मलाई किन अफर गरियो भन्ने सोचेँ। किनकि म त कालो छैन।’ फिल्म कमेडी जनरामा बन्ने भएकाले नयाँ अनुभव बटुल्न सकिने उनले बताए। पूजा र आकाशको जोडी राम कहानीबाट दर्शकले मन पराएसँगै यी दुई पछिल्लो समय लगातार अन्य फिल्ममा पनि काम गरिरहेका छन्।

पोखरा र मुस्ताङमा छायांकन हुने यो फिल्म लक्ष्मी पूजाको दिन रिलिज गरिने बताइएको छ। फिल्मको लेखन तथा निर्देशन शिशिर राणाले गर्दैछन् भने फिल्मको निर्माता राजीव गुरुङ (दीपक मनाङे) र अ. देवी राई हुन्। रेड बर्ड प्रोडक्सनको प्रस्तुतिमा बन्न लागेको श्यामबहादुर थापाको पोइ पर्‍यो कालेमा कार्यकारी निर्माता किरण नेपाली र रघु परियार छन् भने सहनिर्मातामा अर्जुन खनियाँ र रेव तामाङ रहेका छन्।,अन्नपूर्ण पोष्ट दैनिकमा खबर प्रकाशित छ ।