१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन

मालबाहक गाडी प्रहरी नियन्त्रणमा

मालबाहक गाडी प्रहरी नियन्त्रणमा
अ अ+ अ-

काठमाडौं । भैरहवा भन्सार कार्यालयबाट भन्सार नै नगरी पठाइएको मालवाहक गाडीलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार विशेष सुराकीको आधारमा उक्त गाडीलाई सिद्धार्थ राजमार्गमा चेकजाँच गर्ने क्रममा गाडीमा रहेको साम्रगीको भन्सार ९प्रज्ञापन पत्र० नपाइएपछि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बतायो।

अन्नपूर्ण पोस्टले यस अघि भैरहवा भन्सारमा हुने बेथिति र खुल्लमखुल्ला हुने घुसको कारोबारको विषयमा समाचार प्रकाशित गरेको थियो। भारतबाट आएको जीजे ०६ एजेड ६३५९ नम्बरको गाडी भन्सार छलेर भित्राइएपछि प्रहरीले नियन्त्रणमा लिइएको छ।

भन्सार कर्मचारीको मिलोमतोमा मालवाहक गाडीलाई भन्सार नै नगरी भन्सार कार्यालयबाट पठाइएको स्रोतको दावी छ। कपडा लगायत रहेको साम्रगी लोड रहेको उक्त गाडी भैरहवा नाकाबाट छिरेर काठमाडौं जान लागेको बताइएको छ।

मालवाहक गाडी विना भन्सार, भन्सार कार्यालयबाट बाहिरिएपछि प्रहरीले चेकजाँचको लागि रोक्ने क्रममा चालकले नरोकपछि पुनः गाडीलाई पछ्याउँदै प्रहरीले नियन्त्रण्मा लिएको हो। गाडीसँगै गाडीका चालक बलवन्त सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

यस अघि पनि पटक पटक भैरहवा भन्सार कार्यालयबाट विना भन्सार गाडी भित्रायाउने क्रम चल्दै आएको छ। पक्राउ परेका व्यक्ति र गाडीलाई राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने प्रहरी स्रोतले बताएको छ।

भैरहवा भन्सार कार्यालयका प्रमुख कमल भट्टराईले भन्सार विना नै गाडी बाहिरएको विषयमा आफूलाई जानकारी नभएको र त्यसमा बुझ्ने कार्य भइरहेको बताए। ‘विना भन्सार कसरी गाडी बाहिरियो मलाई पनि थाहा भएनु, उनले भने’ त्यसको लागि डाटा हेर्दैछु। अन्नपूर्णबाट ।