१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन

मोटरसाइकलमा दुई हेलमेट तत्काल लागू नहुने

मोटरसाइकलमा दुई हेलमेट तत्काल लागू नहुने
अ अ+ अ-

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा दुई पांग्रे सवारीमा यात्रुले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने योजना तत्काल कार्यान्वयन नहुने स्पष्ट पारेको छ।

ट्राफिक महाशाखाले ट्वीटरमा एक सन्देश सार्वजनिक गर्दै दुई हेलमेट योजना तत्काल कार्यान्वयनमा नआउने जानकारी दिएको हो।

यसअघि महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी दुर्घटना न्युनिकरण गर्न चालकका साथै यात्रुले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने नियम ल्याउन लागेको जानकारी दिएको थियो। यो खबर सार्वजनिक भएसँगै ट्राफिक प्रहरीको चर्को आलोचना भइरहेको छ।

अलोचनापछि ट्राफिकले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डिलमार्फत दुई हेलमेट नियम तत्काल लागु नहुने स्पष्ट पारेको हो।

सवारी ऐन २०४९ मा मोटरसाइकल तथा दुई पांग्रे सवारी चालक तथा पछाडि बस्ने यात्रुले हेलमेट लगाउनुपर्ने प्रावधान उल्लेख रहेको भन्दै महाशाखाले भनेको छ, ‘यो नियम तत्काल कार्यान्वयन नहुने भई यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायको बीचको समन्वय र सहकार्य पश्चात कार्यान्वयन हुने छ।, नागरिक दैनिकमा समाचार छ ।