• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल ★   सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति ★   संसद सचिवालयका कर्मचारीको मागबारे बैठक सकारात्मक, माग सम्बोधन नभए आन्दोलन जारी रहने चेतावनी ★   कोशी प्रदेशमा चट्याङबाट एक दशकमा दुई सय ५४ को मृत्यु ★   ‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’ ★   भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु ★   सङ्खुवासभा बाढीपहिरो: १० वर्षमा २१ जनाको मृत्यु, ३८ जना बेपत्ता ★   नेकपा (एस) भित्र विचारमा कुनै मतभेद छैन: माधवकुमार नेपाल ★   धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो ★   काठमाडौं महानगर बिरुद्ध कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन

१० वर्ष लाग्ने काम ३ महिनामा सक्ने बाइडु (चाइना) को तयारी !



ब्यापार भनेको ब्यापारै हो राजनीति भनेको धमास हो । ट्रम्पको आग्रहमा हुवाए मोबाइलमा गुगलले एनड्रोइडको अपडेट सुविधा बन्द गरेको २ दिन पछि ३ महिनाको लागि पुन खोलिदिएको छ ।

गुगल र हुवाएको ब्पारिक सम्झौतामा गुगल तल पर्यो र बाध्य भएर ३ महिनाको लागि हुवाएलाई विकल्प खोज्न समय दियो । सांस्कृतिक लोगोमा गुगलसँग मत नमिले पछि सन २००३ मा चाइनाले आफ्नै सर्च इन्जिन बनाउने भनेर बाइडुलाई सरकारी सहयोग दियो ।

बाइडुभन्दा ७ वर्ष अघि जन्मिएको गुगललाई बाइडुले हालका ३ वर्षमा डिपवेभ र एआइमा बराबरीको प्रतिस्पर्धा गर्न सक्ने बनायो । सन २००५ मा एन्ड्रोइड गुगलले किनेर (आफूमा समाहित गरेर) २००६ देखि मोबाइल ओएस बनाउन थालेको एन्ड्रोइड ओएस गुगलले २००८ मा सफल लन्च गरेपछि एन्ड्रोइड एप बन्न सुरु भयो ।

अमेरिकाको स्मार्ट फोनमा एकलौटी बजार नियन्त्रण गर्ने चाहनाले गर्दा गुगलको सेवा हुवाएमा बन्द गर्ने योजनाले चीन र अमेरिकाबिच प्रविधिमा प्रतिष्पर्धा हुने देखिन्छ । प्रविधिको प्याटेन्टमा सारा विश्वको प्याटेन्ट ६२ प्रतिशत र चाइना एक्लैको प्याटेन्ट ४२ प्रतिशत छ भनेर विश्व बौद्धिक अधिकार सङ्गठनले सार्वजनिक गरिसकेको छ ।

यस्तो अवस्थामा गुगलले १० वर्ष लगाएर बनाएको मोबाइल ओएस चाइनाले बाइडुसँग मिलेर ३ महिनामा बनाउन आँट गरेको छ । यो अमेरिका र चीनको द्वन्द्वभन्दा गुगल र बाइडुको द्वन्द्व बढी हुनेजस्तो देखिँदैछ । रसिया र अमेरिकाको शीतयुद्ध रेडियो र पत्रिकामा सिमित थियो । अब चीन र अमेरिकाको प्रविधि युद्ध (शीतयुद्ध भने हुन्छ) भाषाप्रविधि, संस्कृति र इन्टरनेटमा हुने देखिन्छ ।

संस्कृति यस अर्थमा कि गुगलको ब्रान्ड लोगोमा यिन र यानको चित्रमा गोलोघेरा राख्ने र इमोजी लोगो हरुमा अमेरिका (युरोप लगायत) र चाइनाका सांस्कृतिक धरोहरहरूलाई सहज प्रवेस दिने कुरा नमिलेपछि चाइना गुगल छोडेर बाइडुतिर लागेको हो । अन्तत बाइडुले यिन र यान को लोगो राखेरै इन्टरनेट दुनियामा प्रवेस गरो र आज गुगल जस्तो बलियो प्रविधिसँग मुकाबिला गर्न सक्ने भयो ।

अब एन्ड्रोइडको परीक्षामा चाइना पास हुन्छ कि फेल हुन्छ भविष्यले बताउला । हेर्दा झगडा एन्ड्रोइड र हुवाएको छ । प्रतिष्पर्धा गुगल र बाइडुको छ । धमास ट्रम्पको र परीक्षा सी को छ । बाहुनले च्याउ खावोस न च्याउको स्वाद थाहा पावोस भन्थे हामी सानो छँदा । नेपाली नेताको त न प्रविधि मैत्री सोच न धमास । न कुनै राष्ट्रिय सुरक्षा योजना । अमेरिका जो छ उसैले तथास्तु भनिदिन्छ किन दुख गर्ने । त्रिभुवन विमानसथलमा समेत अमेरिकी सूरक्षा सफ्टवेर जडान हुँदैछ ।