१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदहरुले १० करोड पुर्याउनुपर्ने माग



अ+ अ-

काठमाडौं । केन्द्रीय सरकारले बजेट ल्याउने तयारी गरिरहेको छ । संवैधानिक व्यवस्थाअनुसार बजेट बक्तव्य आउन पाँच दिन मात्रै बाँकी छ । जेठ १५ गते हुने बजेट वक्तव्यमा आ–आफ्नो पक्षमा बजेट बढाउन तछाडमछाड नै चलिरहेको छ ।

कर्मचारीतन्त्रदेखि सांसदसम्म यसकै दौडधुपमा व्यस्त छन् । सांसदहरुले त यसअघि नै बजेट बक्तव्यमा सांसद क्षेत्र विकास कोषको रकम बढाई आफ्नो क्षेत्रमा विकासका कार्यक्रम आफ्नै कोषमार्फत चलाउन पाउनुपर्ने माग राख्दै आइरहेका छन् ।

चालु आर्थिक वर्षमा चार करोड रुपियाँ बजेट आफ्नै कोषमार्फत कार्यक्रम बनाएर चलाइरहेका सांसदहरुले त्यही रकम पनि अपुग भएको भन्दै त्यसमा ६ करोड थपेर १० करोड बजेट आउनुपर्ने अड्डी कसेका छन् ।

सांसदहरुको यस्तो अभिव्यक्तिलाई सर्वसाधरणले भने बजेट पचाउने मेलो मात्रै भएको भन्दै यो काम तत्काल बन्द गर्नुपर्ने धारणा राखेको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।