काठमाडौं । भारतको तल्लो सदन लोकसभा निर्वाचनमा राष्ट्रिय सुरक्षा र हिन्दुत्वलाई मुख्य मुद्दा बनाएको भारतीय जनता पार्टी ९ भाजपा० नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन ९एनडीए० ले भारी बहुमत ल्याएको छ ।
बिहीबार बिहान ८ बजे शुरु मतगणनाको पछिल्लो परिणामअनुसार एनडीएले ३४९ सिट जित्न सफल भएको छ ।
पाँच वर्षअघि उसले ३३६ सिट जितेको थियो । ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्छ ११ अप्रिलदेखि १९ मेसम्म सात चरणसम्म चलेको चुनावमा भाजपा एक्लैले ३०० भन्दा बढी सिट जित्न सफल भएको छ ।
विपक्षी भारतीय राष्ट्रिय नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन ९० र अन्य दलहरुले १०३ सिट जितेका छन् । यो चुनावी नतिजासँगै नरेन्द्र मोदी फेरि एकपटक प्रधानमन्त्री बन्ने पक्का जस्तै भएको छ।
नेपालमा कस्तो असर
भाजपा नेतृत्वको एनडीएको जित र मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चित देखिएसँगै नेपालमा पर्ने प्रभावबारे अड्कलबाजी शुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले अन्तिम नजिता आउनुअघि नै बिहीबार भारतीय समकक्षी मोदीलाई बधाई दिइसक्नुभएको छ ।
नेपाल र भारत सम्बन्धका जानकारहरु एनडीएको भारी जितपछि बन्ने सरकारको नेपालमा भाजपा धारको दबाब कुनै न कुनै रुपमा पर्ने सक्ने संकेत गर्छन् ।
‘भाजपाभित्र हिन्दु राष्ट्र र राजतन्त्रको वकालत पर्ने पक्ष अझै बलियो छ’ नेपाल मामिलाका जानकार प्राध्यापक एसडी मुनी भन्छन् ‘अब त्यो कसरी हाबी हुन्छ, त्यसैले नेपाल–भारत सम्बन्धलाई प्रभाव पार्नेछ ।, कान्तिपुर दैनिकले समाचार छापेको छ ।