१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्

फेरि मोदी नै सत्तामा : नेपालमा कस्तो असर पर्ला ?

फेरि मोदी नै सत्तामा : नेपालमा कस्तो असर पर्ला ?
अ अ+ अ-

काठमाडौं । भारतको तल्लो सदन लोकसभा निर्वाचनमा राष्ट्रिय सुरक्षा र हिन्दुत्वलाई मुख्य मुद्दा बनाएको भारतीय जनता पार्टी ९ भाजपा० नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन ९एनडीए० ले भारी बहुमत ल्याएको छ ।

बिहीबार बिहान ८ बजे शुरु मतगणनाको पछिल्लो परिणामअनुसार एनडीएले ३४९ सिट जित्न सफल भएको छ ।

पाँच वर्षअघि उसले ३३६ सिट जितेको थियो । ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्छ ११ अप्रिलदेखि १९ मेसम्म सात चरणसम्म चलेको चुनावमा भाजपा एक्लैले ३०० भन्दा बढी सिट जित्न सफल भएको छ ।

विपक्षी भारतीय राष्ट्रिय नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन ९० र अन्य दलहरुले १०३ सिट जितेका छन् । यो चुनावी नतिजासँगै नरेन्द्र मोदी फेरि एकपटक प्रधानमन्त्री बन्ने पक्का जस्तै भएको छ।


नेपालमा कस्तो असर
भाजपा नेतृत्वको एनडीएको जित र मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चित देखिएसँगै नेपालमा पर्ने प्रभावबारे अड्कलबाजी शुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले अन्तिम नजिता आउनुअघि नै बिहीबार भारतीय समकक्षी मोदीलाई बधाई दिइसक्नुभएको छ ।

नेपाल र भारत सम्बन्धका जानकारहरु एनडीएको भारी जितपछि बन्ने सरकारको नेपालमा भाजपा धारको दबाब कुनै न कुनै रुपमा पर्ने सक्ने संकेत गर्छन् ।

‘भाजपाभित्र हिन्दु राष्ट्र र राजतन्त्रको वकालत पर्ने पक्ष अझै बलियो छ’ नेपाल मामिलाका जानकार प्राध्यापक एसडी मुनी भन्छन् ‘अब त्यो कसरी हाबी हुन्छ, त्यसैले नेपाल–भारत सम्बन्धलाई प्रभाव पार्नेछ ।, कान्तिपुर दैनिकले समाचार छापेको छ ।