१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्

भारतमा मोदीको आँधी, कंग्रेस १६ राज्यमा शून्य, राहुल गान्धीले समेत हारे

भारतमा मोदीको आँधी, कंग्रेस १६ राज्यमा शून्य, राहुल गान्धीले समेत हारे
अ अ+ अ-

काठमाडौं। भारतीय लोकसभा निर्वाचनमा नरेन्द्र मोदी नेतृत्वको भाजपा प्रभावशाली सुधारसहित पुनः विजयी भएको छ । सरकार बनाउन दुई सय ७२ सिट आवश्यक भए पनि भाजपा एक्लैले तीन सय सिट पार गरेको छ ।

त्यस्तै, भाजपाको गठबन्धन नेसनल डेमोक्र्याटिक अलाइन्स ९एनडिए०ले तीन सय ४९ सिट पुर्‍याएको छ ।

प्रतिपक्षी कंग्रेसले यो निर्वाचनमा पनि लज्जास्पद हार बेहोरेको छ । २०१४ को निर्वाचनमा ४४ सिट ल्याएको उसले यसपालि ५२ पुर्‍याएको छ । संविधानतः प्रमुख प्रतिपक्ष दलको मान्यता पाउन आवश्यक ५५ सिट पनि उसले जुटाउन सकेन । यसरी मोदी चुनौतीविहीन बनेका छन् । कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ अलाइन्स (युपिए)को कुल सिट ८८ मात्र पुगेको छ ।

१६ राज्यमा कंग्रेस शून्य, राहुल गान्धीले समेत हारे

१३५ वर्ष पुरानो कंग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले आफ्नो पारिवारिक सिट अमेठीबाट हारेका छन् । उनलाई ५४ हजार सात सय ६७ मतको अन्तरले केन्द्रीय मन्त्री स्मृति इरानीले हराइन् । २००९ र २०१४ मा पनि स्मृतिले राहुललाई चुनौती दिएकी थिइन् । तर, उनको तेस्रो प्रयास सफल भयो ।

यसपालि राहुलले चार लाख १२ हजार र स्मृतिले चार लाख ६७ हजार मत पाए । तर, निर्वाचनअघि नै हारको अनुमान गरिसकेका राहुलले केरलाको वायनाडबाट भने ठूलो मतान्तरले जितेका छन् । वायनाडमा राहुलले सात लाख पाँच हजार मत प्राप्त गर्दा माकपाका पिपी सुनीरले दुई लाख ७३ हजार मत प्राप्त गरे । यसरी केरलामा चार लाख ३२ हजार मतान्तरले राहुलले जिते ।

भारतका कुल ३० मध्ये १६ राज्यमा कंग्रेस शून्य भएको छ । दिल्ली, हरियाणा, गुजरात, आन्ध्र प्रदेश, राजस्थान, हिमाञ्चल, उत्तराखण्ड, अरुणाञ्चल, उडिसा, त्रिपुरा, मणिपुर, मिजोरम, सिक्किम, चण्डिगढ, लक्ष्यदीप र अन्डेमाननिकोबरबाट कंग्रेसले प्रतिनिधित्व पाएको छैन ।

मोदीलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले भने, ‘सहकार्य गर्न इच्छुक छु ।’ मोदीले जवाफ दिए, ‘सम्बन्ध अझै उचाइमा लग्नेछौँ ।’ नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित छ ।