२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानसँग टिक्न सकेन पाकिस्तान, ३ विकेटले पराजित



अ+ अ-

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको अभ्यास खेलमा पाकिस्तान अफगानिस्तानसँग पारजित भएको छ । शुक्रबार ब्रिस्टोलमा भएको खेलमा पाकिस्तान तीन विकेटले पराजित भएको हो ।

पाकिस्थानले दिएको दुई सय ६३ रनको सामाना गर्दै अफगानिस्तानले ४९.४ ओभरमा सात विकेटको क्षतिमा पूरा गर्दै पाकिस्तानलाई तीन विकेटले हराएको हो ।

टस हारेर फिल्डिंग गरेको अफगानिस्तानको जितमा हाम्सतउल्लाह शहिदिले अविजित ७३ रन बनाए । त्यस्तै हजरत उल्लाह जाजईले ४९, मोहमद नाबीले ३४ र रहमत साहले ३२ रन बनाए । बलिङमा पाकिस्तानका वहाब रियाजले तीन र इमाद वासिमले दुई विकेट लिए ।

यसअघि पाकिस्तानले ४७.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ६२ रन बनाएको थियो । पाकिस्तानका लागि बाबर आजमले एक सय १२ रनको शतकीय इनिङ खेले पनि टोली हारबाट जोगिएन । सोयब मल्लिकले ४४र इमाम उल हकले ३२ रन बनाए । अफगानिस्तानका लागि मोहमद नाबीले तीन विकेट लिएका थिए । त्यस्तै राशिद खान र डलट जाड्रनले दुई दुई विकेट लिएका थिए ।