८ भाद्र २०८३, सोमबार
,
Latest
पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तपाईलाई थाहा छ, यौनसम्बन्धी विचित्रका यी अध्ययनहरुको नतिजा ?



अ+ अ-

काठमाडौं । सेक्ससँग सम्बन्धित समाचार कसैले पनि नजरअन्दाज गर्दैन । फेरि चाहे त्यो खबर वा शोध जतिसुकै अनौठो र विचित्रको किन नहोस्, बिना टाउको र खुट्टाकै किन नहोस् । संसारभर विज्ञ शोधकर्ताहरु पनि यस्ता यस्ता विचित्रका शोध गर्छन कि जसको बारेमा पढेर पत्यार नै लाग्दैन ।

अमेरिकाको न्युयोर्क युनिभर्सिटी र कार्नेल युनिभर्सिटीका शोधकर्ताहरुका अनुसार क्याजुअल सेक्स अर्थात अचानक भएको सेक्सले मानिसभित्र रहेको उत्कन्ठा, चिन्ता र डिप्रेसन कम गर्न सघाउँछ र आत्मविश्वास बढाउन मद्दत गर्दछ ।

शिकागोका स्मेल एन्ड टेस्ट ट्रिटमेन्ट एन्ड रिसर्च फाउन्डेशनले एउटा हाँस्यस्पद खोज गरेका थिए । जसअनुसा र पंपकिन अर्थात फर्सीको महकले पुरुषको निजी अंगमा रगतको प्रवाह बढाउने गर्दछ । त्यसैले यस्ता सबै पुरुष जो यौन सम्पर्कका क्रममा इरेक्शनको समस्या सामना गरिरहेका छन्, उनीहरुले आफ्नो दैनिक डाइटमा फर्सी समावेश गर्नु उत्तम हुनेछ ।

पब्लिक लाइब्रेरी अफ साइन्स जर्नलमा प्रकाशित एउटा अध्ययनअनुसार जुन पुरुषको निजी अंग जति लामो हुन्छ, उनीहरुकी श्रीमतीले उनीहरुलाई धोका दिने सम्भावना त्यति नै बढी हुने गर्दछ ।हालै सार्वजनिक एउटा अध्ययन अनुसार यस्ता पुरुष जो बच्चा सम्हाल्न आफ्नी श्रीमतीलाई सहयोग गर्दछन्, उनीहरुका यौन जीवन सफल रहने गर्दछ । तर, द अमेरिकन सोशियोलजिकल रिभ्युमा प्रकाशित एउटा अर्को अध्ययनलाई मान्ने हो भने जुन जोडी घरको काम र जिम्मेवारीहरुमा एकअर्कालाई सहयोग गर्दछन्, उनीहरु त्यति नै धेरै कम सेक्स गर्दछन् । ति मात्र होइन, यो अध्ययनका अथर्सको कुरा मान्ने हो भने यस्ता पुरुष जो घरको कामकाज जस्तै सफाई, कपडा धुने, भाँडा माज्ने काम गर्दछन्, उनीहरु आफ्नी श्रीमतीसँग कम सेक्स गर्दछन्, त्यस्ता पुरुषको तुलनामा जो घरको कामकाजतर्फ बिल्कुलै ध्यान दिँदैनन्, त्यस्ता पुरुषको यौन जीवन सफल रहने गर्दछ ।




भर्खरै