६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका कपको तयारी गरिरहेका नेयमार घाइते



अ+ अ-

काठमाडौं। कोपा अमेरिका कपको तयारीमा रहेका ब्राजिलका स्टार फरवार्ड नेयमार प्रशिक्षणकै क्रममा घाइते भएका छन्। उनको बाँया खुट्टाको घुडामा समस्या देखीएको छ ।

पीएसजीका २७ वर्षीय नेयमार चोटकै कारण तीन महिना मैदान बाहिर रहेका थिए । उनी अप्रिलमा चोटबाट मुक्त खेलमा फर्किएका थिए । कोपा अमेरिका कप आउन अब केही दिन मात्रै बाँकी छ ।

कोपा अमेरिका कपमा ब्राजिल रहेको समूह ‘ए’ मा बोलिभिया, पेरु र भेनेजुएला रहेका छन् । ब्राजिलले १४ जुनमा बोलिभियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । सोमबार मात्रै प्रशिक्षक टिटेले नेयमारलाई कप्तानको जिम्मेवारी दिएको थियो ।

ब्राजिल टोलीको कप्तानबाट नेइमारलाई हटाइएको छ । कोपा अमेरिका कपको तयारीमा रहेको ब्राजिलका प्रशिक्षक टिटेले रक्षक ड्याली आल्भेसलाई कप्तानको जिम्मेवारी दिएका छन् ।

प्रशिक्षणकै क्रममा मंगलबार राति नेइमार घाइते समेत भएका छन् । उनको घुँडामा चोट लागेको छ । सामान्य चोट लागेका नेइमार जुन १४ बाट सुरु हुने कोपा अमेरिका कप खेल्ने सक्ने बताईएको छ ।

रुस विश्वकपमा टोलीको कप्तान रहेका नेइमारले त्यसपछि मैदानमा अनुशासनहिन कार्य गर्दै आएको भन्दै प्रशिक्षक टिटेले उनलाई हटाएका हुन् । नेइमार र आल्भेस दुवै पेरिस सेन्ट जर्मन (पिएसजी) बाट खेल्छन् ।

आल्भेसले यसअघि पनि ब्राजीलको कप्तानी गरेका थिए । कोपा अमेरिकामा ब्राजील समूह ‘ए’ मा परेको छ । यस समूहमा ब्राजिलसँगै बोलिभिया, भेनेजुएला र पेरु छन् । कोपा अघि ब्राजिलले कतार र होन्डुरससँग मैत्रीपूर्ण खेल खेल्नेछ ।