१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तानको जिम्मेवारीबाट हटाईए नेइमार



अ+ अ-

काठमाडौं । ब्राजिल टोलीको कप्तानबाट नेइमारलाई हटाइएको छ । कोपा अमेरिका कपको तयारीमा रहेको ब्राजिलका प्रशिक्षक टिटेले रक्षक ड्याली आल्भेसलाई कप्तानको जिम्मेवारी दिएका छन् ।

प्रशिक्षणकै क्रममा मंगलबार राति नेइमार घाइते समेत भएका छन् । उनको घुँडामा चोट लागेको छ । सामान्य चोट लागेका नेइमार जुन १४ बाट सुरु हुने कोपा अमेरिका कप खेल्ने सक्ने बताईएको छ ।

रुस विश्वकपमा टोलीको कप्तान रहेका नेइमारले त्यसपछि मैदानमा अनुशासनहिन कार्य गर्दै आएको भन्दै प्रशिक्षक टिटेले उनलाई हटाएका हुन् । नेइमार र आल्भेस दुवै पेरिस सेन्ट जर्मन (पिएसजी) बाट खेल्छन् ।

आल्भेसले यसअघि पनि ब्राजीलको कप्तानी गरेका थिए । कोपा अमेरिकामा ब्राजील समूह ‘ए’ मा परेको छ । यस समूहमा ब्राजिलसँगै बोलिभिया, भेनेजुएला र पेरु छन् । कोपा अघि ब्राजिलले कतार र होन्डुरससँग मैत्रीपूर्ण खेल खेल्नेछ ।