२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट आजदेखि, १० टोली सहभागी



अ+ अ-

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको १२औं संस्करण आजदेखि इङ्ल्यान्डमा सुरु हुँदैछ । लन्डनस्थित दी ओभल क्रिकेट स्टेडियममा बिहिबार साँझ भब्य उद्घाटनसँगै सुरु हुने खेलमा आयोजक इङ्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दैछन् । घरेलु मैदानमा इङ्ल्यान्ड सुखद सुरुवात गर्ने योजनामा छ । दक्षिण अफ्रिका पनि पहिलो खेलमै घरेलु टोलीलाई निराश बनाउने दाउमा छ ।

इङ्ल्यान्डले यसपटक विश्वकप उपाधि घरमै राख्ने योजना सहित बलियो तयारी गरेको छ । हालसम्म विश्वकपको स्वाद चाख्न नपाएको इङ्ल्यान्ड यसपटकको दावेदार टोली हो । इयान मोर्गनको कप्तानीमा रहेको इङ्ल्यान्ड टोलीमा आत्मविश्वासी र अनुभवी खेलाडीको जमघट छ । सिमित ओभरमा उत्कृष्ट क्रिकेट खेलिरहेको इङ्ल्यान्डलाई यसपटक घरेलु मैदानको साथ बलियो पक्ष हुनेछ ।

यसैगरी सँधै अगाडी बन्दै आएको दक्षिण अफ्रिका पनि यसपटक पुरानो गल्ती सच्याउने अभियानमा छ । दक्षिण अफ्रिकी टोलीमा अहिले क्षमताबान खेलाडी छन् । दक्षिण अफ्रिकाको बलिङ पक्ष निकै बलियो छ । कागिसो रबाडा, डेल स्टेन र लुंगी एनगिदी जस्ता खेलाडीमा विपक्षी ब्याट्सम्यानलाई ध्वस्त पार्ने क्षमता छ । त्यसैले अहिलेसम्म विश्वकपको फाइनलमा स्थान बनाउन नसकेको दक्षिण अफ्रिका यसपटक आक्रामक देखिएको छ । दक्षिण अफ्रिका चारपटक सेमिफाइनलबाट बाहिरिएको थियो ।

जुलाई १४ तारिखसम्म सञ्चालन हुने विश्वकपका खेलहरु इङ्ल्यान्ड र वेल्समा खेलिनेछ । विश्वकपमा आयोजक इङल्यान्ड सहित भारत, पाकिस्तान, अस्ट्रेलिया, श्रीलंका, पाकिस्तान, दक्षिण अफ्रीका, वेस्ट इन्डिज, बंगलादेश र अफगानिस्तान गरि १० टोली सहभागी छन् । सहभागी सबै टोलीेले लिग चरणमा एकअर्कासँग एक एक खेल लेल्नेछन् ।

त्यसपछि उत्कृष्ट चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सबै टोलीले एक अर्काविरुद्ध खेल्दा एउटा टोलीले नौ खेल खेल्नेछन् । समग्रमा सबै टोलीले ४५ खेल खेल्नेछन् । सेमिफाइनल दुई र फाइनल एक गरी कूल ४८ खेल हुनेछ

विश्वकपको विजेता टोलीले चार मिलियन अमेरिकी डलर (करिव ४५ करोड रुपैयाँ) पुरस्कार पाउनेछ । यो हालसम्मकै सर्वाधिक पुरस्कार राशी हो । उपविजेताले दुई मिलियन अमेरिकी डलर (करिव २२ करोड ४६ लाख रुपैयाँ) पुरस्कार प्राप्त गर्नेछ ।