६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋणको भाका सार्न आफ्नै पसलमा चोरीको नाटक



अ+ अ-

हेटौंडा । बीमा रकम प्राप्त गर्नका लागि आफ्नै पसलमा चोरी गरी स्थानीयवासीलाई झुक्याएको आरोपमा प्रहरीले घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्सका सञ्चालक उमेश घिमिरेलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा घिमिरेले गत जेठ ११ गते आफ्नो पसलमा चोरी भएको र पसलबाट रु तीन लाख १२ हजार नगदसहित रु ३२ लाख ९३ हजार २८४ मूल्य बराबरको इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक सामग्री हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

तर, अनुसन्धानका क्रममा घिमिरेको दाबी पुष्टि हुने कुनै प्रमाण भेटिएन ।

प्रहरीका अनुसार ८ गते नै काठमाडौंबाट आएको भनिएको ३१ बोरा वाइरिङको तार चोरी भएको भनिए पनि डेलिभरी स्टकमा केही उल्लेख थिएन ।

उजुरीका आधारमा अनुसन्धान गर्दा पसल सञ्चालकमाथि नै शङ्का लागेपछि प्रहरीले उनलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्राविधिक पक्षबाट अनुसन्धान गर्दै जाँदा प्रहरीले हेटौंडाको पारिजात पथमा रहेको देवेन्द्र सापकोटाको घरमा रहेको कोठामा चोरी भएको भनिएको एलइडी बत्ती ११ कार्टुन, स्वीच ९ कार्टुन र सिलिङ पंखा ४ कार्टुन भेटिएको थियो । त्यहाँ घिमिरे आफैंले ती सामान लगेको देखिएको प्रहरीको भनाइ छ ।

अनुसन्धानका क्रममा घिमिरेले चोरी हुनु केही दिनअघि मात्र सिद्धार्थ इन्स्यूरेन्स लिमिटेडमा पसलको विमा गरिएको खुलेको थियो । जुन दाबी गर्नसमेत घिमिरेले चोरीको नाटक गरेको देखिएको प्रहरीले जनाएको छ ।

बैंकले रु ५० लाख ऋण तिर्नका लागि निरन्तर ताकेता गरेपछि उनले यस्तो योजना बनाएको खुल्न आएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए । उनलाई आजदेखि म्याद थप गरी थप अनुसन्धान गर्ने र कानूनबमोजिम कारवाहीको तयारीसमेत गर्ने प्रहरीको भनाइ छ ।