१० असार २०८३, बुधबार
,
Latest
मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीबाट बर्खास्त भएका कोन्टे इन्टर मिलान फर्किए



अ+ अ-

काठमाडौं । इटालियन क्लब इन्टर मिलानको प्रशिक्षकमा एन्टोनिओ कोन्टे नियुक्त भएका छन् ।

इन्टरले लुसआनो स्पालेटीलाई बर्खास्त गरेपछि कोन्टेलाई नियुक्त गरिएको हो । स्पालेट्टीको समझौता २०२१ सम्म भएपनि इन्टरले उनलाई निरन्तरता दिएन। उनको प्रशिक्षणमा इन्टलर यस सिजन लिग चौथो स्थानमा सकाएको थियो भने च्याम्पियन्स लिगमा समूह चरणबाटै बाहिरिएको थियो।

फेरि इटली फर्किएका ४९ वर्षीय कोन्टे चेल्सीबाट बर्खास्त भएका थिए । सन् २०१६ अप्रलिमा चेल्सी पुगेका कोन्टे २०१८ जुलाईमा बर्खास्तीमा परेपछि उनी काम विहिन बनेका थिए।

उनले यसअघि इटलीमा एटलान्टा र युभेन्ट्सको प्रशिक्षण सम्हालिसकेका छन्। सन् २०११ देखि २०१३ सम्म उनकै प्रशिक्षणमा युभेन्ट्सले लगातार तीन पटक सिरी ए को उपाधि जितेको थियो।

त्यसपछि इटलीको प्रशिक्षक भएका उनी युरो कपपछि लण्डनको क्लबमा आए । उनले चेल्सीलाई प्रिमियर लिग र एफए कपको उपाधि दिलाएका थिए ।




भर्खरै