६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीबाट बर्खास्त भएका कोन्टे इन्टर मिलान फर्किए



अ+ अ-

काठमाडौं । इटालियन क्लब इन्टर मिलानको प्रशिक्षकमा एन्टोनिओ कोन्टे नियुक्त भएका छन् ।

इन्टरले लुसआनो स्पालेटीलाई बर्खास्त गरेपछि कोन्टेलाई नियुक्त गरिएको हो । स्पालेट्टीको समझौता २०२१ सम्म भएपनि इन्टरले उनलाई निरन्तरता दिएन। उनको प्रशिक्षणमा इन्टलर यस सिजन लिग चौथो स्थानमा सकाएको थियो भने च्याम्पियन्स लिगमा समूह चरणबाटै बाहिरिएको थियो।

फेरि इटली फर्किएका ४९ वर्षीय कोन्टे चेल्सीबाट बर्खास्त भएका थिए । सन् २०१६ अप्रलिमा चेल्सी पुगेका कोन्टे २०१८ जुलाईमा बर्खास्तीमा परेपछि उनी काम विहिन बनेका थिए।

उनले यसअघि इटलीमा एटलान्टा र युभेन्ट्सको प्रशिक्षण सम्हालिसकेका छन्। सन् २०११ देखि २०१३ सम्म उनकै प्रशिक्षणमा युभेन्ट्सले लगातार तीन पटक सिरी ए को उपाधि जितेको थियो।

त्यसपछि इटलीको प्रशिक्षक भएका उनी युरो कपपछि लण्डनको क्लबमा आए । उनले चेल्सीलाई प्रिमियर लिग र एफए कपको उपाधि दिलाएका थिए ।