६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानविरुद्ध वेष्ट इन्डिजले टस जितेर पहिले बलिङ रोज्यो



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध वेष्ट इन्डिजले टस जितेर पहिले बलिङ रोजेको छ ।

ट्रेन्ट ब्रिजमा सुरु भएको खेलामा पाकिस्तानले टस हारेपछि ब्याटिङको निम्तो पाएको हो । दुबै टिम जित हात पार्दै विश्वकपमा शखुद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।

हिजो भएको खेलमा घरेलु टिम इंग्ल्यान्डले विजयी सुरुआत गर्यो । लण्डनको किनिङटोन ओभलमा भएको उद्घाटन खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

३१२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा सबै विकेटको क्षतिमा २०७ रन मात्रै बनाउन सकेको थियो ।


विश्वकपमा १० राष्ट्र रहेका छन् । आयोजक राष्ट्र इंग्ल्यान्डसहित अष्ट्रेलिया, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज, बंगलादेश, श्रीलंका, अफगानिस्तान र भारत रहेका छन् ।

पाकिस्तान प्लेइङ इलाभेन

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, हसन अलि, वाहव रियाज ।

वेष्ट इन्डिज प्लेइङ इलाभेन

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, एश्ले नर्स, ओशेन थोमस ।