६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: प्रदेश १ द्वारा कर्णाली पराजित, कप्तान पुष्प थापाले ६ विकेट लिए



अ+ अ-

काठमाडौं । कप्तान पुष्प थापाको घातक बलिङसँगै प्रदेश नम्बर–१ ले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा प्रदेश नम्बर–१ ले कर्णाली प्रदेशलाई १ सय ८० रनको अन्तरले पराजित गरेको हो ।

प्रदेश–१ ले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कर्णाली २०.१ ओभरमा अलआउट हुँदै ४७ रनमा समेटियो। कर्णाली प्रदेशका निश्चल रावलले १७ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

कर्णालीलाई सस्तैमा समेट्न प्रदेश–१ का कप्तान थापाले ६ विकेट लिए।उनले ६ विकेट लिने क्रममा ९.१ ओभर बलिङ गर्दै १ मेडनसहित १९ रन खर्चिए । यस्तै मुकुन्द यादबले ३ तथा कमल खत्रीले १ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २८ रन बनाएको थियो। प्रदेश–१ का लागि सिद्धान्त लोहनीले सर्वाधिक ६३ रनको योगदान दिए। उनले ९० बलमा ७ चौका प्रहार गरे।

त्यस्तै फिर्दोस अन्सारीले अविजित ४५ र सुन्नी पुनले ३४ रन जोडेका थिए। यता कप्तान पुष्प थापाले २९, राजन मगरले १६ र मिनाष थापाले पनि १३ रनको योगदान दिए ।

कर्णालीका लागि प्रकास जैसी, ललित प्याकुरेल र दिवन पुनले समान २–२ विकेट हात पारे।

जितसँगै समूह ‘बी’ मा रहेको प्रदेश–१ ले ३ खेलमा २ अंक जोडेको छ। प्रदेश–१ तेस्रो स्थानमा रहेको छ। लगातार चौंथो हार ब्यहोरेको कर्णाली प्रतियोगिताबाट बाहिरिसकेको छ।