२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: प्रदेश १ द्वारा कर्णाली पराजित, कप्तान पुष्प थापाले ६ विकेट लिए



अ+ अ-

काठमाडौं । कप्तान पुष्प थापाको घातक बलिङसँगै प्रदेश नम्बर–१ ले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा प्रदेश नम्बर–१ ले कर्णाली प्रदेशलाई १ सय ८० रनको अन्तरले पराजित गरेको हो ।

प्रदेश–१ ले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कर्णाली २०.१ ओभरमा अलआउट हुँदै ४७ रनमा समेटियो। कर्णाली प्रदेशका निश्चल रावलले १७ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

कर्णालीलाई सस्तैमा समेट्न प्रदेश–१ का कप्तान थापाले ६ विकेट लिए।उनले ६ विकेट लिने क्रममा ९.१ ओभर बलिङ गर्दै १ मेडनसहित १९ रन खर्चिए । यस्तै मुकुन्द यादबले ३ तथा कमल खत्रीले १ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २८ रन बनाएको थियो। प्रदेश–१ का लागि सिद्धान्त लोहनीले सर्वाधिक ६३ रनको योगदान दिए। उनले ९० बलमा ७ चौका प्रहार गरे।

त्यस्तै फिर्दोस अन्सारीले अविजित ४५ र सुन्नी पुनले ३४ रन जोडेका थिए। यता कप्तान पुष्प थापाले २९, राजन मगरले १६ र मिनाष थापाले पनि १३ रनको योगदान दिए ।

कर्णालीका लागि प्रकास जैसी, ललित प्याकुरेल र दिवन पुनले समान २–२ विकेट हात पारे।

जितसँगै समूह ‘बी’ मा रहेको प्रदेश–१ ले ३ खेलमा २ अंक जोडेको छ। प्रदेश–१ तेस्रो स्थानमा रहेको छ। लगातार चौंथो हार ब्यहोरेको कर्णाली प्रतियोगिताबाट बाहिरिसकेको छ।