२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले रुपन्देहीको सिद्धार्थ नगरपालिका–३, काटा गाउँबाट अवैध कल बाइपासमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको महराजगञ्ज थाना नौतवना ग्रामका २६ वर्षीय खुर्सेद अन्सारी रहेका छन् ।

उनले अवैध भीओआईपी प्रयोग गरेर कल बाइपास गरेको खुलेको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी दिपक रेग्मी बताए ।

विशेष सुचनाको आधारमा ब्युरोको टोलीले खुर्सेदको कोठामा छापा मारेर कल बाइपासमा प्रयोग हुने सामग्री पनि बरामद गरेको छ ।

रेग्मीका अनुसार पक्राउ परेका अन्सारीमाथि दूरसंचार ऐन, २०५३ अन्तरगत जिल्ला अदालत, रुपन्देहीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।