६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रममन्त्री गोकर्ण विष्टको निर्वाचन क्षेत्रबाट “प्रधानमन्त्री रोजगार कार्यक्रम” को शुभारम्भ



अ+ अ-

काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ । धुर्कोट गाउपालिकाका प्रमुख भुपाल पोखरेलले कार्यक्रमको सुरुआत गरे ।

कार्यक्रम अन्तरगत यो गाउँपालिकामा १५० जनालाई ३० दिनको रोजगारी प्रदान गरिएको पोखरेलले जानकारी दिएका छन् । गाउँपालिकाका प्रमुख पोखरेलका अनुसार गाउँपालिकामा १५० जनालाई ३० दिनको रोजगारी प्रदान गरिएको छ ।

गाउँपालिकाले सडक मर्मतमा ८१ जना कामदारलाई एक महिने रोजगारी दिएको छ ।

यस्तै शिक्षण सस्थामा १३ जना, स्वास्थ्य सस्थामा ४ जना, कृषि र पशुपालनमा १५ जना, सिँचाइ कुलो मर्मतमा १५ जना, बिद्युत मर्मतमा ७ जना, खानेपानी मर्मतमा १५ जनाले रोजगारी पाएका छन् ।