६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको हारपछि प्रशिक्षकको रहस्यमयी निधन



अ+ अ-

काठमाडौं। सन् २००७ को विश्वकप वेस्ट इन्डिजमा आयोजना भएको थियो । त्यति बेला पाकिस्तानी टोलीका प्रशिक्षक थिए, बब उल्मर । कुनै समय उनी इङ्ल्यान्डको राष्ट्रिय टोलीका खेलाडी र दक्षिण अफ्रिकी राष्ट्रिय टोलीका प्रशिक्षक पनि थिए । तर, सन् २००७ को विश्वकपका क्रममा उनको दुःखद निधन भयो । उनको रहस्यमयी निधनले लामो समयसम्म विश्व क्रिकेटलाई तताएको थियो ।

मार्च १७ मा पाकिस्तान र आयरल्यान्डबीचको खेल थियो । उक्त खेलमा पाकिस्तानी टोली अप्रत्याशित रूपमा आयरल्यान्डसँग डकवर्थ एन्ड लेविस नियमका आधारमा तीन विकेटले पराजित हुन पुग्यो । सोही कारणले पाकिस्तान विश्वकपको उपाधि होडबाट बाहिरिन पुग्यो । त्यो हारले पाकिस्तानी क्रिकेटमा ठूलै खैलाबैला मच्चायो । पाकिस्तानी खेलाडी र पदाधिकारीहरूले हारको दोष प्रशिक्षक बब उल्मरमाथि थोपरे ।

अन्नपुर्णमा समाचार छापिएको छ । विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी टोलीभित्रै असहज स्थिति सिर्जना भएको थियो । संयोगले पाकिस्तानी टोली विश्वकपबाट बाहिरिएको केही समयपछि नै मार्च १८ मा जमैकास्थित आफू बसेको होटलमा प्रशिक्षक बब उल्मरको रहस्यमयी तरिकाले निधन भयो । उनको मृत्यु शंकाको घेरामा पर्यो । प्रशिक्षक बब उल्मरलाई विष दिएर मारिएको आरोप लगाउनेको जमात पनि निकै ठूलो थियो ।

मृत्यु हुनुअघि बब उल्मरले बान्ता पनि गरेका थिए । सोही कारणले जमैकन प्रहरीले उनको मृत्युको विषयमा अनुसन्धान सुरु गर्यो । विश्वकप सकिएको लामो समयसम्म पनि उनको मृत्युको विषयमा अनुसन्धान जारी रह्यो । निकै लामो अनुसन्धानपछि जमैकन प्रहरीले बब उल्मरको स्वाभाविक मृत्यु भएको र उनको निधनमा कसैको हात नरहेको निष्कर्ष निकालेको थियो ।