६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनबाट ग्रामीण क्षेत्रका महिला बढी प्रभावित



अ+ अ-

काठमाडौँ । जलवायु परिवर्तनबाट ग्रामीण क्षेत्रका महिला बढी प्रभावित बन्ने गरेको एक अध्ययनले देखाएको छ । दैलेख जिल्लाका केही गाउँहरुमा गरिएको कार्यमूलक अनुसन्धानका नतीजाहरुमा आधारित अध्ययनमा जलवायु परिवर्तनबाट सिर्जित समस्याको पहिलो प्रभाव महिलाले भोग्नु परेको आज यहाँ आयोजित अन्तक्र्रियामा प्रकाश पारियो ।


नेपाल सहभागीमूलक कार्य समूह (नेपान) द्वारा आयोजित ‘महिलाहरुको पारिश्रमिकविहीन सेवा कार्य र विकासमा उनीहरुको नेतृत्वमाथि जलवायु परिवर्तनले पारेको असर’ विषयक अन्तक्र्रियामा जलवायु परिवर्तनको समस्या समाधानका लागि सबै क्षेत्रबाट सहभागीमूलक ढङ्गले गर्नुपर्ने उपायहरुमा छलफल भएको थियो । सहभागीहरुले जलवायु परिवर्तनबाट महिलाको पारिश्रमिक बिनाको सेवामूलक कार्यमा बढी असर परेको र त्यसले गर्दा विकास कार्य र सामाजिक सहभागितामा समेत प्रभाव परेको धारणा राख्नुभयो ।


नेपान अध्यक्ष चेतनाथ कणेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा उक्त कार्यमूलक अनुसन्धानमा हेल्भेटास नेपालको कोपिला नामक परियोजनाका तर्फबाट नेतृत्वदायी भूमिका खेल्नुभएकी उषा अर्याल (दाहाल)ले कार्यपत्र प्रस्तुत गर्र्नुभएको थियो । कार्यपत्रमाथि नेपान सदस्यहरु तोया गौतम, लालबहादुर वली, रुपा बस्नेत, सिंहबहादुर खड्का, दिवेश सायमी, गोविन्दराज पौडेल र एजिङ नेपालकी सञ्जु थापाले टिप्पणी गर्नुभएको थियो ।