२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीका २ मन्त्री विवादमा, यस्तो छ कारण !



अ+ अ-

काठमाडौं । नरेन्द्र मोदीको नयाँ मन्त्रीमण्डलका दुईजना मन्त्रीको शैक्षिक योग्यतामाथि प्रश्न उठेको छ ।

मोदीको नयाँ मन्त्रीमण्डलमा मानव संशाधन विकास मन्त्रालयको जिम्मेवारी पाएका रमेश पोखरियाल निशंक र महिला, बालबालिका तथा कपडा मन्त्री स्मृति ईरानीको शैक्षिक योग्यतामाथि विपक्षी दलले प्रश्न उठाएका हुन् ।

श्रीलंकास्थित एक अन्तर्राष्ट्रिय विश्वविद्यालयले रमेश पोखरियाल निशंकलाई २ वटा मानार्थ विद्यावारिधि प्रदान गरेको थियो । सन् १९९० को दशकमा निशंकले गरेको शैक्षिक योगदान स्वरुप उनलाई साहित्यमा मानार्थ विद्यावारिधि प्रदान गरिएको हो । केही वर्षपछि विज्ञानमा पुर्‍याएको योगदानलाई कदर गर्दै सोही विश्वविद्यालयले पुनस् निशंकलाई दोस्रो विद्यावारिधि प्रदान गरेको थियो ।

तर निशंकलाई विद्यावारिधि प्रदान गर्ने विश्वविद्यालय श्रीलंकामा आधिकारिक रुपमा दर्ता नभएको भारतीय समाचार माध्यमले जनाएका छन् । उक्त विश्वविद्यालयलाई दर्ता नगरिएको श्रीलंकाको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । यति मात्रै होइन । गत वर्ष पेश गरेको व्यक्तिगत विवरण समेत अपूर्ण रहेको, राहदानी र बायोडाटामा उल्लेखित जन्ममिति समेत फरक परेका कारण निशंक विवादमा तानिएका थिए ।

त्यस्तै मन्त्री स्मृति ईरानीको शैक्षिक योग्यतामाथि समेत प्रश्न उठेको छ । ईरानीले सन् २००४ मा दिल्ली विश्वविद्यालयबाट आर्टमा स्नातक गरेको तर २०१४ मा भने सोही विश्वविद्यालय कमर्समा स्नातक गरेको विवरण पेश गरेको भनेर विपक्षीले आरोप लगाएका छन् । लोकसभा चुनावका ईरानीको शैक्षिक योग्यतालाई दिएर विपक्षीले उनमाथि हमला गरेका थिए ।

स्मरणीय छ, नेपालका प्रधानमन्त्री केपी ओलीले हालसम्म यस्तै प्रकृतिका चारवटा विद्यावारिधि हासिल गरेका छन् । यसमध्ये पछिल्लो मानार्थ विद्यावारिधि यसैसाता ओलीले दक्षिण कोरियाको एक क्रिश्चियन मिसनरी विश्वविद्यालयबाट ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीको यो विद्यावारिधि समेत नेपालमा चर्को आलोचनाको विषय बनेको छ । प्रधानमन्त्री जस्तो मानिसले जहाँ पायो त्यहीबाट मानार्थ विद्यावारिधि ग्रहण गरेको भनेर सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।