२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्नि पीडितलाई आर्थिक सहयोग



अ+ अ-

वालिङ । घर जलेर गोठमा बस्दै आउनुभएका यहाँका अग्नि पीडित एक परिवारलाई तीन लाख आर्थिक सहयोग प्रदान गरिएको छ । वालिङ नगरपालिका ३ घर भई युके र हङकङमा बस्नेहरुले अग्नि पीडित वालिङ ३ माझकोटका दिमबहादुर गुरुङलाई सो रकम हस्तान्तरण गरिएको हो ।

रोजगारीको सिलसिलामा युकेमा बस्दै आउनुभएका माझकोटका खुमबहादुर गुरुङ र हङकङमा बस्दै आउनुभएका मुकबहादुर गुरुङको पहलमा सङकलन भएको रु तीन लाख १२ हजार वालिङ नगरपालिकाका नगरप्रमुख दिलीपप्रताप खाँणले अग्नि पीडितलाई हस्तान्तरण गर्नुभएको हो । युकेमा २२ जनाबाट दुई लाख र हङकङमा एक लाख १२ हजार संकलन भएको रकम युकेमा बस्दै आउनुभएका फत्तबहादुर गुरुङमार्फत उपलब्ध गराइएको थियो ।

विदेशमा रोजगारीमा रहेर पनि आफ्ना गाउँ ठाउँमा समस्या परेका बेला सहयोग गर्ने सहयोगीहरुलाई नगरप्रमुख खाँणले धन्यवाद व्यक्त गर्दै घरबास गुमाएको परिवारलाई ठूलो राहत मिलेको बताउनुभयो ।