६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी भर्नाको विज्ञापन नसच्चाए लोकसेवा आयोगको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी



अ+ अ-

जनकपुरधाम । लोकसेवा आयोगले जेठ १५ गते निकालेको कर्मचारी भर्नाको विज्ञापनप्रति मधेस ईन्जिनियर्स एसोसिएसनले असन्तुष्टि जनाएको छ । एशोसिएसनले विज्ञापन नसच्याए आयोगको कार्यालयमा तालाबन्दी गर्ने समेत चेतावनी दिएको छ।

मधेस ईन्जिनियर्स एसोसिएसन कार्यालयले एक विज्ञप्ति निकाल्दै ‘स्थानीय तहको लागि लोक सेवा आयोगले भर्खरै निकालिएको विज्ञापनप्रति मधेस ईन्जिनियर्स एसोसिएसनले घोर भर्त्सना गर्दछ ।’

मधेसी, आदिवासी जनजाति को लामो सङ्घर्षको बेला सयौँको बलिदानी, हजारौँ(हजारका घाइतेको त्यागको प्रतिफलका रूपमा स्थापित समानुपातिक समावेशी प्रतिनिधित्वको अधिकारलाई बेवास्ता गरिएको एशोसिएसनको भनाइ छ ।

लोक सेवा आयोगले निकालेको विज्ञप्तिलाई साच्यान यस अघि राजपा नेपाल, नेकपा नेता प्रभु साह र प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले विरोध जनाइसकेका छन् ।