२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानद्धारा इंग्ल्यान्ड पराजित



अ+ अ-

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत सोमबार दिँउसोबाट भएको खेलमा पाकिस्तानले घरेलु टोली इंग्ल्यान्डलाई १४ रनले पराजित गरेको छ । जितका लागि ३ सय ४९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ३४ रन बनाउँदै हार व्योहर्न पुगेको हो ।

इंग्ल्यान्डका जो रुट र जस बटलर (विकेटकीपर)ले शतक प्रहार गरे तर उनीहरुको शतक इंग्ल्यान्डको जितका लागि काफी भएन । पाकिस्तानले लगातार ११ खेलमा हारको क्रम अन्त्य गर्दै जित सुरु गरेको हो ।

टस जितेर फिल्डिंग राजेको इंग्ल्यान्डको ब्याटिंगमा अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न नसक्दा हार व्यहोरेको हो । जसका लागि रुटको वान डे करियरको १५ औं तथा जारी विश्वकपको पहिलो शतक १ सय ४ बलमा १० चौका र १ छक्कासहित १ सय ७ रनमा पुरा भयो ।

विकेटकीपर जस बटलरले शानदार शतक हानेका थिए । ७६ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै शतका हानेका उनी क्याच आउट भए । ओपनर जोसन रोय ८, मोइन अली १९ , क्रिस वोक्सलाई २१, जोनी वेयरस्टोलाई ३२ रनमा आउट भए ।

इंग्ल्यान्डको हारमा पाकिस्तानका वहाब रियाजले १० ओभरमा ८२ रन दिँदै ३ विकेट लिँदा दब खान र मोहम्मद आमिरले २९२ विकेट र मोहम्मद हफिज र सोएब मालिकले १९१ विकेट हात पारेका थिए ।

पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ४८ रन बनाउँन मोहम्मद हफिजले ६२ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ८४ रन बनाए । त्यस्तै बाबर आजमले ६६ बलमा ४ चौकार १ छक्का सहित ६३ रन बनाए । ३३ ओभरको पाँचौ बलमा मोइन अलीले क्रिस वोक्सबाट बाबर आजमलाई क्याच गराए ।

ओपनर फरार जमानले ४० बलमा ६ चौका प्रहार गर्दै ३६ रन बनाउँदै स्टपिङ आउट भए । भने अर्का ओपनर इमाम उल हकले ५८ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४४ रनको योगदान दिए । कप्तान शरफराज अहमिद ५५, आशिफ अली १४ रन, सोएब मलिक ९, हसन अली १०, वहाब रियाज ४, र सादव खान १० रनमा बाहिरीए ।

पाकिस्तानको जितमा इंग्ल्यान्डका लागि मोइन अलीले ३, क्रिस वोक्सले ३ र मार्क उडले २ विकेटहात पारे ।