६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको टोरिस् हिमा द्वीप क्षेत्रमा शक्तिशाली भूकम्प



अ+ अ-

काठमाडौं । जापानको टोरिस् हिमा द्वीप क्षेत्रमा मङ्गलबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ ।स्थानीय समयानुसार मङ्गबार अपराह्न १ः४५ मा उक्त भूकम्प गएको थियो ।

मौसम विज्ञान निकायका अनुसार भूकम्पको केन्द्रविन्दु ४ सय ४० किलो मिटर गहिराईमा रहेको छ । यस भूकम्पपछि सुनामीको सूचना जारी गरिएको छैन ।

यस भूकम्पपछि धनजनको क्षतिको कुनै समाचार प्राप्त भएको छैन । जापान भूकम्पबाट बारम्बार प्रभावित हुने मुलुक हो ।

जापानमा सन् २०११ मा आएको ९.० म्याग्निच्युडको भूकम्पपछिको सुनामीमा परी करिब १९ हजारको मृत्यु भएको थियो ।