२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत पहिलो खेल खेल्दै



अ+ अ-

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा सहभागी १० टोलीमध्ये भारतबाहेक अन्य टोलीले दुई खेल खेलिसकेका छन् । खेल तालिकामा भारतले भने आज (बुधबार) साँझ पहिलो खेल खेल्दैछ । कतियले क्रिकेट सर्मथकले खेल तालिकामा नै भारतको दादागिरी भनेर आरोप लगाएका छन् । आईसीसी भारतीय क्रिकेट बोर्डको ह्वीपमा चल्दा विश्व क्रिकेटका हरेक गतिविधिमा उसको दबदबा रहने गरेको छ । त्यसैले आज भारतले पहिलो खेल दक्षिण अफ्रिकासँग खेल्दा दक्षिण अफ्रिकाको भने तेस्रो खेल हुनेछ ।

साउथ ह्याम्पटनस्थित रोज बल स्टेडियममा हुने पहिलो खेलमा पूर्वविजेता भारत सुखद सुरुवात गर्ने योजनामा छ । अघिल्ला दुई खेलमा पराजित भईसकेको दक्षिण अफ्रिका भारतलाई हराउन तल्लिन हुनेछ । विश्वकपमा टिकिराख्न दक्षिण अफ्रिकालाई यस खेल जित्नु पर्ने दबाब पनि बढेको छ ।

भारत सन् १९८३ र सन् २०११ को विश्वकप विजेता टोली हो । सन् २००३ को विश्वकपको फाइनलमा भने भारतीय टोली अस्ट्रेलियासँग पराजित भएको थियो । दक्षिण अफ्रिका अहिले सम्म विश्वकपको फाइनलमा पुगेको छैन । यस विश्कपमा पनि दक्षिण अफ्रिकाले सन्तोषजनक प्रदर्शन गर्न सकिरहेको छैन । दक्षिण अफ्रिका उद्घाटन खेलमा आयोजक इङ्ल्यान्डसँग एक सय चार रनले पराजित भएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिका बंगलादेशसँग २१ रनले पराजित भएको थियो ।

विश्वकपमा यसअघि भारत र दक्षिण अफ्रिकाबीच चार पटक भिडन्त भईसकेको छ । जसमा दक्षिण अफ्रिका बलियो देखिएको छ । चारमध्ये तीन खेलमा दक्षिण अफ्रिका र एक खेलमा भारत विजयी भएको छ । विराट कोहलीको कप्तानीमा रहेको भारत निकै सन्तुलित टोली हो । फाफ डु प्लेसिसको कप्तानीमा रहेको दक्षिण अफ्रिका पनि त्यति कमजोर छैन । अघिल्ला खेलको नतिजाले भने दक्षिण अफ्रिका केही निराश देखिएको छ । त्यसैले आजको खेलमा भारतका लागि दक्षिण अफ्रिका बाधक बन्न सक्छ ।

यसैगरी आज साँझनै अर्को खेलमा लन्डनस्थित दी ओभलमा बंगलादेश र न्युजिल्यान्ड भिड्दैछन् । बंगलादेश र न्युजिल्यान्डले यसअघि एक एक खेल खेलिसकेका छन् । यी दुवै टोलीले आफ्नो पहिलो खेलमा जित हात पारेका थिए । आफ्नो पहिलो खेलमा न्युजिल्यान्डले पूर्व्विजेता श्रीलंकालाई १० विकेटले हराएको थियो । बंगलादेशले दक्षिण अफ्रिकामाथि २१ रनले हराएको थियो । यी दुवै टोलीले हालसम्म विश्वकपको उपाधि जित्न सकेका छैनन् ।