६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभियुक्तलाई जोगाउन भूमिका खेलेको आरोपमा प्रहरी निरीक्षक अनुसन्धानमा तानिए



अ+ अ-

काठमाडौं । सवारी ज्यान मुद्दाका अभियुक्तलाई जोगाउन भूमिका खेलेको आरोपमा एक जना प्रहरी निरीक्षक अनुसन्धानमा तानिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकधा अनुसार तानिनेमा इलाका प्रहरी कार्यालय, गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लोबहादुर जिसी रहेका छन् ।

आयोगका अनुसार जिसीलाई मंगलबार हिरासतमा लिएर छानविन थालिएको छ । जिसीले नक्कली अभियुक्त खडा गर्न १० लाख रुपैयाँ लिएको अख्यितारमा उजुरी परेको थियो ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिसी मातहतको क्षेत्रमा पर्ने ठाउँमा ११ वैशाखमा बोधराज पाण्डेले चलाएको जीपले मोटरासाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु र अर्का एक जना घाइते भएका थिए ।

तर, जिसीले पाण्डेलाई जोगाएर अर्कै व्यक्तिलाई सवारी चालक बनाउन भूमिका खेलेको अख्यितारले जनाएको छ । थप अनुसन्धान भइरहेको जनाइएको छ ।