१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभियुक्तलाई जोगाउन भूमिका खेलेको आरोपमा प्रहरी निरीक्षक अनुसन्धानमा तानिए



अ+ अ-

काठमाडौं । सवारी ज्यान मुद्दाका अभियुक्तलाई जोगाउन भूमिका खेलेको आरोपमा एक जना प्रहरी निरीक्षक अनुसन्धानमा तानिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकधा अनुसार तानिनेमा इलाका प्रहरी कार्यालय, गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लोबहादुर जिसी रहेका छन् ।

आयोगका अनुसार जिसीलाई मंगलबार हिरासतमा लिएर छानविन थालिएको छ । जिसीले नक्कली अभियुक्त खडा गर्न १० लाख रुपैयाँ लिएको अख्यितारमा उजुरी परेको थियो ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिसी मातहतको क्षेत्रमा पर्ने ठाउँमा ११ वैशाखमा बोधराज पाण्डेले चलाएको जीपले मोटरासाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु र अर्का एक जना घाइते भएका थिए ।

तर, जिसीले पाण्डेलाई जोगाएर अर्कै व्यक्तिलाई सवारी चालक बनाउन भूमिका खेलेको अख्यितारले जनाएको छ । थप अनुसन्धान भइरहेको जनाइएको छ ।




भर्खरै