२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : शेलडन कोटरेलले लिए दुई विकेट, ग्लैन मैक्सवेल शून्यमै आउट



अ+ अ-

काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इण्डिज विरुद्धको खेलमा अस्ट्रेलियाले खराब प्रदर्शन गरेको छ ।

इंग्ल्यान्डको ट्रेन्ट ब्रिजमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४ विकेट गुमाएको छ । अस्ट्रेलियाले पहिलो विकेट डेविड वार्नरको गुमाएको थियो । वार्नर ३ रन बनाउदै आउट भए । दोस्रो विकेट कप्तान एरोन फिनचको झर्यो । फिनचले १० बलमा ६ रन बनाए । त्यसपछि उस्मान ख्वाजा र ग्लैन मैक्सवेल आउट भए । ख्वाजाले १३ रन बनाउदा मैक्सवेल शून्य रन मै आउट भए ।

बलिङ तर्फ शेलडन कोटरेलले २ तथा ओशेन थोमस र एन्ड्रे रसेलले समान एक एक विकेट लिए ।

यो समाचार बनाउदासम्म अस्ट्रेलियाले ११ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ५४ रन बनाएको छ ।

पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको अष्ट्रेलिया दोस्रो खेलमा पनि वेष्ट इन्डिजलाई पराजित गर्दै अगाडिको यात्रा सहज बनाउन चाहन्छ । विश्वकपको उपाधि दाबेदार टिमको रुपमा हेरिएको अष्ट्रेलिया पछिल्लो समयमा निकै बलियो अवस्थामा छ । यता, वेष्ट इन्डिज पनि विश्वकपको उपाधि हकदार टिम हो ।

अष्ट्रेलियालाई पराजित गर्दै वेष्ट इन्डिज लगातार दोस्रो खेलमा जित हात पार्ने लक्ष्यमा छ । वेष्ट इन्डिजले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो ।

हालसम्म यी दुई टोलीबीच खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको तथ्यांकलाई हेर्दा भने वेस्ट इन्डिजभन्दा अस्ट्रेलिया केही बलियो देखिन्छ। हालसम्म यी दुईबीच कुल एक सय ३९ खेल भएका छन्। त्यसमध्ये ७३ खेलमा अस्ट्रेलिया र ६० खेलमा वेस्ट इन्डिज विजयी भएका छन्। तीन खेल बराबरीमा र तीन खेल अनिर्णित अवस्थामा सकिएका छन्। जारी विश्वकपमा अस्ट्रेलिया एरोन फिन्च र वेस्ट इन्डिज जासन होल्डरको कप्तानीमा छन्।

वेष्ट इन्डिज

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, एश्ले नर्स, ओशेन थोमस,निकोलस पूरन

अस्ट्रेलिया

एरोन फिनच (कप्तान), डेविड वार्नर, उस्मान ख्वाजा, ग्लैन मैक्सवेल, स्टीव स्मिथ, 
नाथन कल्टर नाइल, मिशेल स्टार्क, मार्कस स्टोइनिस,पैट कमिङ्स, एलेक्स कैरी, एडम जाम्पा।