१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डो र मेस्सी, कसको कति ट्रफी ?



अ+ अ-

काठमाडौं । पोर्चुगिज जाएन्ट क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लेजेन्ड लियोनेल मेस्सी फुटबल जगतमा हालका बादशाह मानिन्छन्। फुटबलमा को अगाडी ? भनेर कसैले सोध्यो भने यी दुईको नाम पहिले आउने गर्दछ। खासमा यी दुई खेलाडी नै आ–आफ्नो ठाउँमा अव्बल छन्। तर पनि मानिसहरु हालका युभेन्टस स्टार र बार्सा स्टारलाई जोडेर एकै ठाउँमा हेर्न चाहन्छन्। उनीहरुको प्रगति र उपलब्धिलाई तुलना गर्ने गर्दछन्। आज हामी पनि यी दुई बिचको तुलनात्मक सफलता कसको धेरै यसको बारेमा केहि तथ्यहरु हेर्नेछौं।

३४ बर्से पोर्चुगिजले कुल ३१ ट्रफी जितेका छन्। उनले पोर्चुगल र ४ भिन्न–भिन्न क्लबमा रहेर सो सफलता हाँसिल गरेका हुन्। त्यस्तै ३१ बर्से अर्जेन्टिनी स्टारले स्पेनिस क्लब बार्सिलोनाबाट मात्र ३४ ट्रफी हाँसिल गरेका छन्।

क्रिस्टियानो रोनाल्डोले दास्रो अन्तर्राष्ट्रिय महत्वपूर्ण उपाधि हालसालै हात पारेका छन्। इस्टाडियो दो ड्रागो मैदानमा उनले यूइएफए नेसन्स लिगको टाइटल हात पारे। नेदरल्यान्डसँगको फाइनल खेलमा १–० को संघर्षपूर्ण जित निकालेका थिए।

पोर्चुगिज जादुगर मानिएका रोनाल्डोले आफ्नो देशका तर्फबाट तीन मध्ये दुई फाइलनमा जित हात पारेका छन्। फ्रान्समा आयाजित सन् २०१६ को युरोकपको जित पश्चात् अहिले आफ्नो देशका तर्फबाट यूइएफए नेसन्स लिगको जितको उद्घाटन गरेका हुन्। सन् २००४ को युरोकपमा भने उनको टोलीले ग्रिससँग फाइनलमा हारको सामना गरेको थियो।

यता अर्जेन्टिनाका फरवार्डको भने आफ्नो देशसँग जाडिएका उल्लेखनीय सपललता छैन। उनको समयमा दक्षिण अनमेरिकी देशले कुनै सफलता पाएन भन्दा सायद असर नपर्ला। मेस्सीले चार पटकसम्म अर्जेन्टिनालाई विभिन्न खेलमा फाइनलमा पुर्याए तर एकमा पनि सफलता हात परेन। अघिल्लो संस्करणको कोपा अमेरिकाको फाइनल खेलपछि त उनले संन्यासको घोषणा नै गर्दिए। तर यो कदमबाट उनी फेरी पछाडी हटे।