२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोलिभिया विरुद्ध ब्राजिलको सानदार जित, कौटिन्होले गरे दुई गोल



अ+ अ-

काठमाडौं । आयोजक ब्राजिलले कोपा अमेरिका–२०१९ मा विजयी सुरुवात गरेको छ । शनिबार बिहान भएको समूह चरण अन्तर्गतको पहिलो खेलमा ब्राजिलले बोलिभियालाई ३– गोलले पराजित गरेको हो । ब्राजिलको जितमा फिलिपे कौटिन्होले दुई तथा एवटन सोर्सले एक गोल गरेका थिए ।

पहिलो हाफ बराबर खेलेको ब्राजिलले तीनै गोल दोस्रो हाफमा गरेको हो । ब्राजिलको लागि कौन्टिन्होले खेलको ५० औं मिनेटका गोल गर्दै खाता खेलेका थिए । उनले बोलिभियाको डिफेन्डरले हातले बल छोएपछि पाएको पेनाल्टीलाई गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाएका थिए ।

त्यसको तीन मिनेट भित्रै कौटिन्होले नै पून गोल गरे । उनले खेलको ५३ औं मिनेटमा गोल गर्दै अग्रता २–० बनाए । खेलको ८५ औं मिनेटमा एवटन सोर्सले गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाए । बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि ब्राजिलले ३–० को जित हात पारेको हो ।

अब ब्राजिलले समूह चरण अन्तर्गत दोस्रो खेल असार ४ गते, बुधबार भेनेजुएलाविरुद्ध खेल्ने छ ।

अन्य खेलहरु

असार १ , आइतबार – मध्यरात १२:४५ बजे – भेनेजुएला विरुद्ध पेरु
असार १, आइतबार – विहान ३:४५ बजे – अर्जेन्टिना विरुद्ध कोलोम्बिया
असार २, सोमबार – मध्यरात १२:४५ बजे – पराग्वे विरुद्ध कतार
असार २, सोमबार – विहान ३:४५ बजे – उरुग्वे विरुद्ध इक्वेडर
असार ३ , मंगलबार – विहान ४:४५ बजे – जापान विरुद्ध चिली
असार ४, बुधबार – विहान ३:१५ बजे – बोलिभिया विरुद्ध पेरु
असार ४, बुधबार – विहान ६:१५ बजे – ब्राजिल विरुद्ध भेनेजुएला
असार ५ , बिहीबार – विहान ३:१५ बजे – कोलोम्बिया विरुद्ध कतार
असार ५, बिहीबार – विहान ६:१५ बजे – अर्जेन्टिना विरुद्ध पराग्वे
असार ६ , शुक्रबार – विहान ४:४५ बजे – उरुग्वे विरुद्ध जापान
असार ७, शनिबार – विहान ४:४५ बजे – इक्वेडर विरुद्ध चिली
असार ८, आइतबार – मध्यरात १२:४५ बजे – बोलिभिया विरुद्ध भेनेजुएला
असार ८, आइतबार – मध्यरात १२:४५ बजे – ब्राजिल विरुद्ध पेरु
असार ९ , सोमबार – मध्यरा १२:४५ बजे – अर्जेन्टिना विरुद्ध कतार
असार ९, सोमबार – मध्यरात १२:४५ बजे – कोलोम्बिया विरुद्ध पराग्वे
असार १० , मंगलबार – विहान ४:४५ बजे – उरुग्वे विरुद्ध चिली
असार १०, मंगलबार – विहान ४:४५ बजे – इक्वेडर विरुद्ध जापान