८ भाद्र २०८३, सोमबार
,
Latest
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौनकर्मी महिला पक्राउ परेपछि मलाई छाडिदिनुहोस मेरो दुईदिनपछि विवाह छ भनेपछि….



अ+ अ-

काठमाडौं । नेपाल सीमावर्ती भारतको उत्तर प्रदेशमा पर्ने देवरियामा भारतीय प्रहरीले तीन होटेलमा छापा मारेर ठुलो देह व्यापारको सञ्जाल फेला पारेको छ । छापा मारेर २९ जोडी गिरफ्तार गरिएको छ ।

पक्राउ परेका ५ महिला र ९ पुरुषलाई प्रहरीले अनैतिक देहव्यापारमा लागेको आरोपमा मुद्दा चलाएको छ । प्रहरीले देह व्यापारका लागि होटेलमा मोल मोलाई हुने गरेको जानकारी प्राप्त गरेपछि लामो योजनामा २९ जोडी पक्राउ गर्न सफल भएको जनाएको छ । स्थानीयले लामो समयदेखि होटेलमा देह व्यापार हुने गरेको प्रहरीमा उजुरी दिएका थिए ।

पक्राउ परेका किशोर किशोरीसँग प्रहरीले बयान लिएपछि नयाँ तथ्य फेला पर्‍यो । एक किशोरीले प्रहरीलाई आफ्नो दुई दिनपछि विवाह भएकाले छाडिदिन आग्रह गरिन् । उनका बारेमा प्रहरीले आफ्नो सञ्जालबाट बुझ्दा साँच्चीकै विवाह हुने कुरा पत्ता लाग्यो । प्रहरीले होटेलको रजिस्ट्रार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पक्राउ परेका बारे अनुसन्धान भइरहेको उत्तर प्रदेश पुलिसले जनाएको छ ।