६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडा प्रिमियर लिगमा सन्दीप र सोमपाल



अ+ अ-

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने र सोमपाल कामीले ग्लोबल टी–२० क्यानडा प्रिमियर लिग खेल्ने भएका छन् । बिहिबार राति भएको ड्राफ्टमा सन्दीपलाई टोरन्टो नेशनल टिमले अनुबन्ध गरेको हो ।

सन्दीपलाई टोरन्टोले ६० हजार अमेरिकी डलर खर्चिएको छ । सन्दीपको टोलीका भारतका चर्चित क्रिकेटर युवराज सिंह लगायत खेलाडी छन् । सन्दीपले गतबर्ष पनि ग्लोबल टी–२० क्यानडा प्रिमियर लिग मोन्ट्रेल टाइगर्सबाट खेलेका थिए ।

उनले पाँच खेल खेल्दै आठ विकेट लिएका थिए । गतबर्ष सन्दीपलाई टाइगर्सले ४० हजार अमेरिकी डलरमा किनेको थियो । यसैगरी सोमपाल पहिलो पटक ग्लोबल टी–२० क्यानडा प्रिमियर लिगको ड्राफ्टमा परेका हुन् ।

सोमपाललाई विनिपेग हक्सले न्युनतम तीन हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । ग्लोबल टी–२० क्यानडा प्रिमियर लिग आगमी जुलाई २५ देखि अगष्ट ११ तारिखसम्म सञ्चालन हुनेछ ।