२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुनले प्रधानमन्त्री कप क्रिकेट प्रभावित



अ+ अ-

महेन्द्रनगर । आजदेखि यहाँ शुरु भएको मनसुनका कारण कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित भएको छ ।

आइतबार दिउँसो तय भएको सशस्त्र प्रहरीको एपिएफ क्लब र गण्डकी प्रदेशबीचको खेल वर्षाका कारण स्थगित भयो । खेल हुन नसकेपछि अङ्क बाँड्दा गण्डकी प्रदेश बाहिरिएको आयोजक महाकाली स्पोर्ट सोसाइटीका अध्यक्ष सुमन भट्टले जानकारी दिनुभयो ।

मनसुन अझै जारी रहेकाले आज बिहान हुने भनिएको प्रदेश नं १ र ३ बीचको खेल पनि हुन नसकेको अध्यक्ष भट्टको भनाई छ । “वर्षा रोकिएन भने खेल हुँदैन।” अध्यक्ष भट्टले भन्नुभयो,“तर वर्षा रोकिने सम्भावना देखिदैन ।”

राष्ट्रिय खेलकूद परिषद्को सहकार्यमा ६ दिनदेखि शुरु भएको प्रतियोगितामा सात वटा प्रदेश र एपिएफ क्लब गरी आठ टिम सहभागी छन । प्रतियोगितामा उपाधि विजेता टिमले रु चार लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछ भने दोस्रोले रु तीन लाख र तेस्रो हुनेले रु दुई लाखसहित पुरस्कृत हुने आयोजकले जनाएको छ ।